यू- १९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई
Read the full story at Thaha Khabar

काठमाडौँ : नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एण्ड रोड सिरिजको उपाधि जितेको छ। हङकङसँगको आजको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको हो। छ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये चार खेलमा जित हासिल गर्यो। बाँकी दुई खेल वर्षाका कारण रद्द भएका थिए।
नेपालले सिरिजको पहिलो खेलमै थाइल्याण्डलाई सात विकेटले हराउँदै सुखद सुरुआत गरेको थियो। त्यसपछि चीनसँगको दोस्रो खेल वर्षाले प्रभावित भएपछि नतिजाविहीन बनेको थियो। तेस्रो खेलमा हङकङलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले चौथो खेलमा पुनः थाइल्याण्डमाथि ५२ रनको जित निकालेको थियो। पाँचौँ खेलमा आयोजक चीनलाई ८४ रनले हराउँदै उपाधि यात्रालाई थप बलियो बनाएको नेपालले अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गरेको थियो ।
उक्त खेलमा पहिले ब्याटिङ गरेको नेपालले वर्षाले खेल रोकिनुअघि ११ ओभरमा दुई विकेटको क्षतिमा ८८ रन बनाएको थियो । त्यसपछि मौसम प्रतिकूल बनेपछि खेल पुनः सञ्चालन हुन सकेन।
More sports
- पोल्यान्डमा अन्धाधुन्ध गोली प्रहारबाट ६ जनाको मृत्यु, दर्जन बढी घाइतेNepal Khabar
- Walsh-inspired Australia crush irate Samoa to reach World Cup finalBBC
- १०औं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमबाट ७४४ खेलाडी सहभागी हुनेOnlinekhabar (Nepali)
- यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाईDC Nepal
- गोल्ड कोस्ट नेपाली क्रिकेट क्लबलाई क्यूएनसीए ‘बी’ च्याम्पियनसिपको उपाधिOnlinekhabar (Nepali)
- बेल्ट एण्ड रोड सिरिजमा नेपाली यू–१९ महिला टोली अपराजित च्याम्पियनOnlinekhabar (Nepali)