पोल्यान्डमा अन्धाधुन्ध गोली प्रहारबाट ६ जनाको मृत्यु, दर्जन बढी घाइते
Read the full story at Nepal Khabar

पोल्यान्डको पुरानो राजधानी रहेको क्राकोभ सहरको मुख्य चोक (ग्हुभ्ने रेनेक) मा शनिबार भएको गोलीकाण्डमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १६ जना भन्दा बढी मानिस घाइते भएका छन्। प्रहरीका अनुसार अन्धाधुन्ध गोली प्रहारमा संलग्न व्यक्ति पोल्याण्डका नागरिक हुन्। उनी प्रहरीको नियन्त्रणमा छन्।
साथै सन्दिग्ध व्यक्तिको घरमा खानतलासी गर्दा अन्य तीन जनाको शव समेत फेला परेको सार्वजनिक भएको छ। यसैबीच, प्रधानमन्त्री टुस्कले 'सिनियर कन्स्टेबल याकुब कुलिक र सिनियर कन्स्टेबल आर्तुर मोरान्स्की वास्तविक नायक हुन्। उनीहरूले आफ्नै ज्यानको जोखिमलाई बेवास्ता गर्दै धेरै मानिसहरूको ज्यान बचाएका छन्।
उनीहरूको अवस्था गम्भीर छ, तर उनीहरूले उत्कृष्ट उपचार पाइरहेका छन्। सम्पूर्ण पोल्याण्ड तपाईंहरूको पक्षमा छ र तपाईंहरूको स्वास्थ्यलाभको कामना गरिरहेको छ' आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्।
More sports
- यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाईDC Nepal
- Walsh-inspired Australia crush irate Samoa to reach World Cup finalBBC
- Japan’s Tashima rates FIFA election chances at 20%-30% in challenge to InfantinoThe Hindu
- यू- १९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाईThaha Khabar
- 2026 Dakar Youth Olympic Games: Golden Double for SenegalFrance 24
- चीनमा अपराजित रहँदै नेपालले जित्यो यू-१९ महिला क्रिकेटको उपाधिNagarik News