खेलकुदOnlinekhabar (Nepali)2 outlets covering
बेल्ट एण्ड रोड सिरिजमा नेपाली यू–१९ महिला टोली अपराजित च्याम्पियन
Read the full story at Onlinekhabar (Nepali)

२२ कात्तिक, काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोली चीनको जिङ्ग्सुमा आयोजित बेल्ट एण्ड रोड सिरिजको च्याम्पियन बनेको छ। नेपालले प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको हो।
चीन, हङकङ, थाइल्यान्ड र नेपाल सहभागी सिरिजमा प्रत्येक टोलीले अन्य तीन टोलीसँग दुई–दुई खेल खेल्ने तालिका थियो। नेपालले खेलेका चार खेलमा जित हासिल गर्यो भने दुई खेल वर्षाका कारण रद्द भए। नेपालले आज हङकङसँग खेल्ने तालिका रहेको खेल रद्द भएपछि अपराजित च्याम्पियन बनेको हो।
यसअघि चीनसँगको एक खेल पनि रद्द भएको थियो। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो भने चीनविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । यस्तै तेस्रो खेलमा हङकङलाई पराजित गरेको थियो ।
More sports
- पोल्यान्डमा अन्धाधुन्ध गोली प्रहारबाट ६ जनाको मृत्यु, दर्जन बढी घाइतेNepal Khabar
- Walsh-inspired Australia crush irate Samoa to reach World Cup finalBBC
- १०औं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमबाट ७४४ खेलाडी सहभागी हुनेOnlinekhabar (Nepali)
- यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाईDC Nepal
- गोल्ड कोस्ट नेपाली क्रिकेट क्लबलाई क्यूएनसीए ‘बी’ च्याम्पियनसिपको उपाधिOnlinekhabar (Nepali)
- Japan’s Tashima rates FIFA election chances at 20%-30% in challenge to InfantinoThe Hindu