तिहारअघिको सेयर बजार २.६४ अंकले उकालो, कारोबार रकम ३ अर्ब ४६ करोडमा सीमित
Read the full story at Bizmandu
काठमाडौं। तिहारअघिको सेयर बजार सामान्य बढेर बन्द भएको छ। नेप्सेमा शुक्रबार कारोबार खुलेदेखि उतारचढाव देखिएकामा अन्तिममा २.६४ अंक उकालो लागेर सूचक २६५५.२२ विन्दुमा पुगेको छ। सेयर बजार अब २७ गते मात्र खुल्नेछ। शुक्रबार कारोबारमा आएका अन्य बाहेकका उपसमूहले बजार बढाएका हुन्।
निर्जीवन बीमा कम्पनीको सूचक सबैभन्दा धेरै ०.६५ प्रतिशतले बढेको छ। बजारमा १५८ कम्पनीका लगानीकर्ताले कमाएका छन्। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मू्ल्य सबैभन्दा धेरै १४.०८ प्रतिशतले बढेको छ। सूचक बढे पनि कारोबार रकम घटेको छ। बिहीबार ४ अर्ब ७२ करोड रुपैयाँको सेयर किनबेच भएकामा शुक्रबार ३ अर्ब ४६ करोड २० लाख रुपैयाँमा सीमित भएको छ।
घोराही सिमेन्टको सबैभन्दा धेरै २१ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, स्वेत गंगा हाइड्रोपावरको १२ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। बजारमा १०७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। घोराही सिमेन्टको सेयर मूल्य सबैभन्दा धेरै ४.४३ प्रतिशतले घटेको छ। The post तिहारअघिको सेयर बजार २.६४ अंकले उकालो, कारोबार रकम ३ अर्ब ४६ करोडमा सीमित appeared first on BIZMANDU .
More business
- तिहारलगत्तै जलविद्युत् आयोजनाको पीपीए खुल्ने, पहिलो चरणमा सरकारी लगानीकाNepal Khabar
- कर्णालीलाई हराउँदै दोस्रो स्थानमा उक्लियो सुदूरपश्चिमNepal Khabar
- क्याथेले हङकङका कर्मचारीलाई एक महिनाको तलब बराबर बोनस दिनेNepal Khabar
- TikTok effective medium for tourism promotion: Minister TimilsinaThe Rising Nepal
- नागढुंगा सुरुङमार्गको एन-ट्याग सानिमा बैंकका देशभरका सबै शाखाबाट लिन सकिनेBizmandu
- Stock markets on fire; Sensex jumps 1,718 points, Nifty reclaims 25,000The Hindu