सांसदले उठाएका जनताका मुद्दा संसदमै सीमित : सरकारले सुनेन, सम्बोधन पनि गरेन
Read the full story at Bizmandu
काठमाडौं। संसद्मा जनताका समस्या उठाउने सांसदहरू नै आफूले बोलेका विषयको सुनुवाइ नभएको गुनासो गर्न थालेका छन्। शून्य, विशेष र आकस्मिक समयमा उठेका प्रश्नको जवाफ नआएको, सम्बन्धित मन्त्रालयले समस्याबारे चासो नदिएको र कार्यान्वयनको अवस्थासमेत जानकारी नगराइएको भन्दै सांसदहरूले सरकारप्रति असन्तुष्टि जनाएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कमल सुवेदीले असोज १६ गते प्रतिनिधिसभाको बैठकमा सरकारलाई प्रश्न गरे, ‘सदनमा उठाएको आवाज सुनिए कि शून्य समयमै शून्य भएर हराए?’ जनताले अस्पतालमा उपचार नपाएको, खाना पकाउने ग्यासका लागि भौतारिनुपरेको लगायतका समस्याप्रति सरकार संवेदनशील नभएको उनको गुनासो छ।
‘अस्पतालबाट नागरिकले उपचार पाएर घर फर्किन सकून्। ग्यासका लागि भौतारिन नपरोस्,’ उनले भने। संसद्मा जनताका समस्या उठाए पनि सरकारले सम्बोधन नगरेको भन्दै असन्तुष्टि जनाउने सुवेदी एक्ला सांसद होइनन्। श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले किसानले मल नपाएको, महँगी बढेको र बाँदरले किसानलाई दुःख दिएको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको बताए।
केही मन्त्रीले जवाफ दिए पनि समस्या समाधानको अवस्था स्पष्ट नभएको उनको भनाइ छ। ‘केही मन्त्रीले जवाफ पनि दिनुभएको छ। तर, अधिवेशन अन्त्य भएपछि के भनेर जनताकहाँ जाने? हामीले चुनाव जितेपछि के भयो भन्ने?
More politics
- जीप ब्याक गर्दा दुर्घटना, दुई यात्रुको मृत्यु, १३ घाइतेNepal Khabar
- बंगलादेश फर्किन हसिनाले मागिन् नयाँ पासपोर्टNepal Khabar
- अर्थमन्त्री स्वर्णिम वाग्ले टर्की प्रस्थानNepal Khabar
- ‘लुसिफर’ को आरोपमाथि प्रधानमन्त्री बालेनको नयाँ लुक्ससहितको व्यंग्यNepal Khabar
- चीनले भन्यो : एनभिडियाका सीईओको विवाहेतर सम्बन्धसँग हाम्रो कुनै साइनो छैनNepal Khabar
- निर्वाचनअघि इरानप्रति आक्रामक ट्रम्प लज्जास्पद हारपछि नरमNepal Khabar