ओली भन्छन्- अर्काको सम्पत्ति काँधमा हाली लुट्नेहरु नेपालीका नाममा कलंक हुन्, छ्या छ्या !
Read the full story at Nagarik News

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्काको सम्पत्ति लुट्ने र आगो लगाउनेहरु प्रति आक्रोश पोख्दै त्यस्ता व्यक्तिहरू नेपालीका नामका कलंक भएको टिप्पणी गरेका छन्। तिहार, नेपाल संवत् ११४७ न्हूदँ तथा छठ पर्वको अवसरमा एमाले भक्तपुर जिल्ला कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा तुच्चा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। देशमा विध्वंस मच्चाउने र लुटपाट गर्ने गलत संस्कार मौलाएको भन्दै ओलीले भने, ‘नेपाली जाति आज विश्वभर कति बदनाम भयो हेर्नुस् त ! २१ वटा भाटभटेनी लुटिए, आगो लगाइए।
नेपालीहरूलाई लाज हुनुपर्दैन अर्काको सम्पत्ति लुटेर काँधमा बोकेर गुडुडुडु कुदेर भाग्न ? छ्या छ्या छ्या, ती नेपालीका नामका कलंक हुन्। ’ नागरिकलाई राष्ट्रिय सम्पत्ति जलाउन र झुट बोल्न सिकाइएको आरोप लगाउँदै उनले सांस्कृतिक भावना कमजोर हुँदा समाज गलत बाटोमा गएको बताए। ‘आगो लगाउन र राष्ट्रिय सम्पत्ति जलाउन ट्रेनिङ दिइयो,’ ओलीले थपे, ‘राम्रो घर देख्नै नहुने, आगो लगाइदिने र अर्काको सम्पत्ति लुट्नेतिर मान्छे किन गयो ?
किनभने हाम्रो सांस्कृतिक भावना कमजोर भयो। ’ विकास भएका संरचना भत्काउने र झुटको खेती गर्ने विकृत प्रचलन समाजमा जबर्जस्त स्थापित गर्न खोजिएको ओलीको दाबी थियो। मानिसहरूलाई सत्य र सिर्जनाको साटो विध्वंस गर्न तालिम दिएर उचालिएको उनले बताए।
More politics
- बंगलादेश फर्किन हसिनाले मागिन् नयाँ पासपोर्टNepal Khabar
- जीप ब्याक गर्दा दुर्घटना, दुई यात्रुको मृत्यु, १३ घाइतेNepal Khabar
- ‘लुसिफर’ को आरोपमाथि प्रधानमन्त्री बालेनको नयाँ लुक्ससहितको व्यंग्यNepal Khabar
- चीनले भन्यो : एनभिडियाका सीईओको विवाहेतर सम्बन्धसँग हाम्रो कुनै साइनो छैनNepal Khabar
- अर्थमन्त्री स्वर्णिम वाग्ले टर्की प्रस्थानNepal Khabar
- निर्वाचनअघि इरानप्रति आक्रामक ट्रम्प लज्जास्पद हारपछि नरमNepal Khabar