Skip to main content
अर्थतन्त्रBizmandu

यू-१९ : वीरेन्द्र सेहवागका छोराको अर्धशतकीय इनिङसले नेपालविरुद्ध भारत १० विकेटले विजयी

Read the full story at Bizmandu

काठमाडौं। नेपाली यू-१९ टोली भारतसँग पराजित भएको छ। एसीसी यू-१९ एसिया कपअन्तर्गत शुक्रबार सम्पन्न खेलमा भारतले नेपाललाई १० विकेटले हराएको हो। ओमनको अलअमेरत स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४२.३ ओभरमा १२८ रन बनाएर अलआउट भएको थियो।

नेपालका लागि दर्श सुनारले सर्वाधिक ४३ रन बनाउँदा आशिष लुहारले २९ तथा निरजकुमार यादवले २० रनको योगदान दिएका थिए। बलिङमा भारतका अर्जुन राजपुत र इशान सुदले समान ३ विकेट लिँदा यसवीर गउडले २ तथा काव्य परेस पटेल र मनल चौहानले समान १ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको भारतले १९.१ ओभरमा लक्ष्य भेट्टायो। भारतका लागि लक्ष्य राइचन्दनीले अविजित ५३ रन बनाउँदा आर्यवीर सेहवागले अविजित ७० रन बनाए।

आर्यवीर पूर्व भारतीय क्रिकेटर वीरेन्द्र सेहवागका छोरा हुन्। यही टोलीमा अर्का भारतीय पूर्व क्रिकेटर तथा प्रशिक्षक राहुल द्रविडका छोरा अन्भय राहुल द्रविड पनि खेलेका थिए। टोलीका विकेटकिपर रहेका उनले भने क्रिजमा उत्रनु परेन। The post यू-१९ : वीरेन्द्र सेहवागका छोराको अर्धशतकीय इनिङसले नेपालविरुद्ध भारत १० विकेटले विजयी appeared first on BIZMANDU .