राजनीतिOnlinekhabar (Nepali)
टीयू ग्राउन्डको पिचबारे जिमी नीशमको असन्तुष्टि
Read the full story at Onlinekhabar (Nepali)

२८ कात्तिक, काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर जिमी नीशमले नेपाल प्रिमियर लिग (एनपीएल) को पिचबारे असन्तुष्टि जनाएका छन्। नीशमले सामाजिक सञ्जालमार्फत एनपीएलमा पिच सुधार गर्नुपर्ने बताएका हुन्।
उनले नेपाल र एनपीएलप्रति आफ्नो माया रहेको उल्लेख गर्दै पूरै प्रतियोगितामा १२० रन नै जितका लागि पर्याप्त हुने अवस्था उचित नभएको टिप्पणी गरेका छन्। ‘म नेपाल र एनपीएललाई निकै माया गर्छु। तर यी पिचबारे गम्भीर रूपमा केही गर्न आवश्यक छ।
पूरै प्रतियोगितामा १२० रन नै जितका लागि पर्याप्त हुने अवस्था हुन सक्दैन,’ उनले लेखेका छन्। एनपीएलमा पछिल्ला खेलहरूमा कम योगफल बन्ने क्रम बढेको छ। शुक्रबार जनकपुर बोल्ट्स ८८ रनमै समेटिएको थियो भने सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजविरुद्ध १२५ रनको लक्ष्य रक्षा गरेको थियो।
More politics
- जिपको पछाडि ठोक्कियो स्कुटर, पोखरामा दुई जनाको मृत्युNepal Khabar
- भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको अग्रिमो आयो, थप ७ देशबाट आउन बाँकीNepal Khabar
- गृहमन्त्री गुरुङ यूएई प्रस्थानNepal Khabar
- भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शवNepal Khabar
- आसाममा बस–ट्रक जुध्दा कम्तीमा २४ जनाको मृत्यु, ११ घाइतेNepal Khabar
- चक्रघट्टाका पीडित परिवारको घाउमा हेटौंडाको मल्हमNepal Khabar