Skip to main content
राजनीतिRatopati

१२ वर्षअघिको त्यो पीडा नभुल्दै फेरि भीमफेदी दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु

Read the full story at Ratopati

१२ वर्षअघिको त्यो पीडा नभुल्दै फेरि भीमफेदी दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु

सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको प्रतीक्षामा छन् भने गाउँका अधिकांश घरमा दुई दिनदेखि चुलो बलेको छैन । छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही आउँदै गरेको ईभी बिहीबार बिहान करिब ६ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा दुर्घटनाग्रस्त भएको थियो ।

सडकबाट करिब ५०० मिटर तल खसेको उक्त गाडीमा सवार तीन बालिकासहित १४ जनाको मृत्यु भएको थियो । दुर्घटनाको खबर पाएदेखि नै मृतकका परिवार शोकमा छन् । छठ मनाउन घर फर्कने तयारीमा रहेका आफन्तको मृत्यु भएपछि सुन्दरपुर गाउँको उत्साह एकाएक शोकमा परिणत भएको छ । छठघाट निर्माण, गाउँघर सरसफाइ र पाहुनालाई निम्तो दिने चटारोमा रहेको गाउँ अहिले सुनसान बनेको छ ।

दुर्घटनामा छोरा र बुहारी गुमाएका प्रमोद यादवका अनुसार बुधबार साँझ छोरा गुड्डु यादवले गाउँका साथीभाइसँगै परिवार भोलिपल्ट छठ मनाउन घर आउन लागेको जानकारी दिएका थिए । तर, भोलिपल्ट बिहानै दुर्घटनाको खबरले परिवारमा बज्रपात परेको उनले बताए । गुड्डु र उनकी श्रीमती गायत्री देवीका दुई छोरा सक्षम र सुजन पनि सोही गाडीमा सवार थिए । दुर्घटनामा पाँच वर्षीय सक्षम बाँच्न सफल भएका छन् ।