आईटीयूमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : सञ्चारमन्त्री
Read the full story at Onlinekhabar (Nepali)

२७ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)को महासम्मेलन (आईटीयू पीपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन् ।
कतारको दोहामा जारी सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटमा उनले उदीयमान प्रविधिको प्रयोगमार्फत विकासशील राष्ट्रमा देखिएको ‘डिजिटल डिभाइड’लाई कम गर्ने र प्रविधिको पहुँच बढाउने विषयमा नेपालले आफ्नो धारणा प्रस्तुत गरेको जानकारी दिए । सम्मेलनका क्रममा सूचना प्रविधि र टेलिकम क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेका देशसँग आगामी दिनमा डिजिटल रुपान्तरणका बारेमा सहकार्य र साझेदारी अभिवृद्धि गर्नेबारेमा पनि छलफल भएको उनले जानकारी दिए । “सूचना प्रविधिका क्षेत्रमा पहुँच विस्तार हुँदै जानुपर्नेमा विभिन्न कारणले त्यो पहुँच खुम्चिँदै गएको पनि पाइएको छ ।
सूचना प्रविधिको पहुँच कसरी विस्तार गर्ने भन्नेमा द्विपक्षीय छलफल भयो”, उनले भने । बाढी, पहिरो र भूकम्पजस्ता विपद्का बेला सञ्चार प्रणालीलाई कसरी निर्वाध रूपमा चालु राख्ने भन्नेबारेमा सम्मेलनमा व्यापक छलफल भएको मन्त्री तिमिल्सिनाले जानकारी दिए । त्यस क्रममा नेपालका तर्फबाट मन्त्री तिमिल्सिनाले विपद्को समयमा सञ्चारको भूमिका झनै महत्वपूर्ण हुने कुरामा जोड दिँदै नीतिगत मन्तव्य प्रस्तुत गरेका थिए ।
More politics
- राष्ट्रसंघका महासचिव गुटेरस र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ताNepal Khabar
- आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कतिNepal Khabar
- सुरु भयो चार दिन मनाइने छठNepal Khabar
- श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्धNepal Khabar
- नेकपा संयोजक प्रचण्ड रुस प्रस्थान, के छ कार्यक्रमNepal Khabar
- देशभर पश्चिमी वायुको प्रभाव, कस्तो होला ५ दिन मौसमNepal Khabar