Skip to main content
अर्थतन्त्रRatopati

नक्कली भिडियो कलमार्फत उत्तर कोरियाली ह्याकरले लुटे ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी

Read the full story at Ratopati

नक्कली भिडियो कलमार्फत उत्तर कोरियाली ह्याकरले लुटे ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी

काठमाडौँ । उत्तर कोरियाली राज्य-समर्थित ह्याकरहरूले नक्कली भिडियो कल प्रयोग गरी सर्वसाधारणको पहिचान चोरी गर्दै ४० करोड अमेरिकी डलरभन्दा बढीको क्रिप्टोकरेन्सी लुटेका छन्। अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) का अनुसार पछिल्लो १८ महिनामा ९०० भन्दा बढी व्यक्तिहरू यस ठगीको सिकार बनेका छन्।

एफबीआईले यस साइबर आक्रमणको तरिकालाई 'फेसस्टिलर' नाम दिएको छ। एफबीआईका साइबर निर्देशक ब्रेट लेदरम्यानले उत्तर कोरियाली शासनले आफ्नो अवैध हतियार कार्यक्रम सञ्चालन गर्न यस्ता ठूला क्रिप्टोकरेन्सी चोरीबाट प्राप्त रकममा निर्भर रहने गरेको बताएका छन्। विश्वको सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज 'बाइनान्स' बाट नक्कली जागिरको अन्तर्वार्तामार्फत ६.३ अर्ब डलर चोरी भएको खुलासा भएको एक हप्तापछि यो नयाँ तथ्य बाहिर आएको हो।

अमेरिकी कानुन कार्यान्वयन निकायहरूले बाइनान्स ह्याकमा पनि उत्तर कोरियाली समूहकै संलग्नता रहेको ठहर गरेका छन्, यद्यपि प्योङयाङले उक्त आरोप अस्वीकार गर्दै आएको छ। कसरी गरिन्छ ठगी ? अमेरिकी न्याय विभाग र एफबीआईका अनुसार 'फेसस्टिलर' ह्याकरहरूले विशेषगरी क्रिप्टोकरेन्सी, वेब-थ्री र ओपन-सोर्स सफ्टवेयर विकासको क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई लक्षित गर्छन्।