सर्वोच्च अदालतले पायो चार जना नयाँ न्यायाधीश, राष्ट्रपतिबाट क-कसले पाए नियुक्ति?
Read the full story at Bizmandu

काठमाडौं। सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उच्च अदालतका एक मुख्य न्यायाधीश र तीन न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, तथा उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगीले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति पाएका छन्। उनीहरुलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न न्याय परिषद्ले असोज २० गते गरेको सिफारि संसदीय सुनुवाइ समितिले कात्तिक २१ गते सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो।
सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। The post सर्वोच्च अदालतले पायो चार जना नयाँ न्यायाधीश, राष्ट्रपतिबाट क-कसले पाए नियुक्ति? appeared first on BIZMANDU .
More politics
- राष्ट्रसंघका महासचिव गुटेरस र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ताNepal Khabar
- आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कतिNepal Khabar
- सुरु भयो चार दिन मनाइने छठNepal Khabar
- श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्धNepal Khabar
- नेकपा संयोजक प्रचण्ड रुस प्रस्थान, के छ कार्यक्रमNepal Khabar
- देशभर पश्चिमी वायुको प्रभाव, कस्तो होला ५ दिन मौसमNepal Khabar