बफेटले नेतृत्व छाडेपछि बर्कशायरको नाफामा धक्का, तीन महिनामै २८% घट्यो खुद नाफा
Read the full story at Bizmandu
अमेरिकी अर्बपति लगानीकर्ता वारेन बफेटले स्थापना गरेको इन्भेस्टमेन्ट कम्पनी बर्कशायर ह्याथवेको खुद नाफा सन् २०२६ को तेस्रो त्रैमासमा २८ प्रतिशतभन्दा बढीले घटेको छ। कम्पनीले आफ्नै सेयर खरिदमा ९ अर्ब ६० करोड डलर खर्च गरे पनि बीमा व्यवसायको कमजोर प्रदर्शन र लगानीको मूल्यमा आएको परिवर्तनले नाफा घटाएको हो। बर्कशायरको नगद सञ्चिति भने बढेर ३ खर्ब ७७ अर्ब ४० करोड डलर पुगेको छ। जुन अघिल्लो जुनको अन्त्यमा रहेको ३ खर्ब ६५ अर्ब ५० करोड डलरभन्दा बढी हो।
कम्पनीको नगद सञ्चिति बढ्नुले ठूलो लगानीका अवसरको प्रतीक्षामा रहेको संकेत गर्छ। शनिबार सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले तेस्रो त्रैमासमा २२ अर्ब १० करोड डलर खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ३० अर्ब ८० करोड डलर थियो। लगानीको मूल्यमा हुने उतारचढावसमेत समेटिने खुद नाफा २८ प्रतिशतभन्दा बढीले घटेको हो।
कम्पनीले लगानीको मूल्यमा हुने परिवर्तनलाई अलग राखेर हेर्ने सञ्चालन नाफा पनि झन्डै ६ प्रतिशत घटेर १२ अर्ब ७० करोड डलरमा सीमित भएको छ। अघिल्लो वर्षको तेस्रो त्रैमासमा यस्तो नाफा १३ अर्ब ४८ करोड ५० लाख डलर थियो। कम्पनीको बीमा व्यवसायमा आएको कमजोरीले नाफा घटाउन ठूलो भूमिका खेलेको छ। विशेषगरी बर्कशायरको प्रमुख बीमा कम्पनी ‘गाइको’को अन्डरराइटिङ नाफा १ अर्ब ७७ करोड डलरबाट घटेर ९८ करोड २० लाख डलरमा झरेको छ।
More business
- Saudi Arabia restricts foreign workers in 97 tourism and administrative job titlesKathmandu Post
- ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको घटनास्थलमै मृत्युNepal Khabar
- दूरसञ्चार कम्पनीको संकट टार्न नयाँ व्यवस्था गरिँदै, २० अर्बको नवीकरण बोझ हट्नेNepal Khabar
- लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटीएम बन्दDC Nepal
- Stock markets end marginally lower in special Muhurat trading, snapping seven-day rallyThe Hindu
- इटहरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्युThaha Khabar