सुरूङ खनेर भागेका कैदीमध्ये पक्राउ पर्न बाँकी २ जना को हुन्?
Read the full story at Setopati

जिल्ला कारागार डोल्पाबाट सुरूङ खनेर भागेका आठ जना कैदीमध्ये ६ जना पक्राउ परिसकेका छन्। फरार भएको १० दिन बितिसक्दा पनि बाँकी दुई जना भने प्रहरीको नियन्त्रणमा आएका छैनन्। पक्राउ पर्न बाँकी दुवै जना चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति हुन्। उनीहरू रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र वडा नम्बर ३ का ३२ वर्षीय आदेश भण्डारी हुन्।
डोल्पाका प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीका अनुसार उनीहरूको खोजीका लागि प्रहरीले प्राविधिक विश्लेषणसहित अनुसन्धान अघि बढाएको छ। तर, अहिलेसम्म उनीहरूबारे भरपर्दो सूचना प्राप्त हुन सकेको छैन। त्यसैले जिल्ला प्रहरी कार्यालय डोल्पाले मंगलबार दुवै जनाको तस्बिर सार्वजनिक गर्दै उनीहरूलाई कतै देखेमा वा उनीहरूबारे कुनै सूचना पाएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक विनयकुमार सिंहले फरार भण्डारीद्वयबारे सूचना प्राप्त भए तत्काल प्रहरीलाई जानकारी दिन सर्वसाधारणसँग अनुरोध गरेका छन्।
भदौ ८ गते राति डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–२, कलाङका तीन घरमा चोरी भएको थियो। घरमा कोही नभएको मौका पारेर ताला फोडी नगद र सुनका गरगहना चोरी गरिएको थियो। पीडितले भदौ ९ गते स्थानीय प्रहरी चौकीमा खबर गरेका थिए। प्रहरी चौकी धोले घटनाबारे जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको थियो।
More society
- कृष्णपुर-१ निगालीमा किन छैन तिहारको उल्लासNepal Khabar
- लमजुङमा कार्यरत प्रहरी सहायक हबलदार मकवानपुरमा मृत भेटिएNepal Khabar
- ट्रम्पले एनभिडिया प्रमुख हुआङलाई सोधे- तपाईंले प्रेम गर्ने महिला जासुस हुन् भन्ने थाहा थिएन?Nepal Khabar
- नेपाल सम्वत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो: सभामुख अर्यालNepal Khabar
- Andhra University withdraws disciplinary notices to six student leaders after protestsThe Hindu
- Van Dyke threatens to ‘reveal shocking details’ of his arrest, incarceration in India, blames RussiaThe Hindu