युवाहरू राजनीतिबाट टाढिनु हुन्न : शंकर पोखरेल
Read the full story at Onlinekhabar (Nepali)

१९ कात्तिक, लमजुङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि युवाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । बिहीबार लमजुङको बेँसीसहरमा आयोजित युवा तथा विद्यार्थी अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र समाज निर्माणमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै युवाहरू राजनीतिबाट टाढिन नहुने बताएका हुन् ।
महासचिव पोखरेलले देशमा परिवर्तन ल्याउन युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै राजनीतिलाई बुझेर नेतृत्वदायी भूमिकामा अघि बढ्न युवाहरूलाई आग्रह गरे । शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सञ्चारलगायत क्षेत्रमा विकासलाई तीव्रता दिन सके मात्रै देश समृद्धिको दिशामा अघि बढ्ने उनले बताए । देशको आर्थिक तथा रोजगारीको अवस्थाबारे चर्चा गर्दै पोखरेलले पहिले करिब ७० प्रतिशत जनसङ्ख्या कृषिमा आधारित रहेकामा पछिल्लो समय कृषि पेसा छाड्ने क्रम बढिरहेको बताए ।
कृषि पेसाबाट बाहिरिने जनशक्तिका लागि पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीमा जाने क्रम बढेको उनको भनाइ छ । स्वदेशमा रोजगारीका अवसर सृजनाका लागि निजी तथा सेवामूलक क्षेत्रको विकास आवश्यक रहेकामा महासचिव पोखरेलले जोड दिए । ती क्षेत्रको पर्याप्त विस्तार हुन नसक्दा नागरिकले अपेक्षाअनुसार विकासको अनुभूति गर्न नसकेको उनले बताए ।
More business
- प्रधानमन्त्रीको स्ट्याटस: कार्यकर्ता लडाएर हाँस्नेहरूले देश जोगाउँछन् कि पार्टी ?Nagarik News
- गोकर्णेश्वरमा प्रहरीमाथि आक्रमण, गो’ ली चलाएर समातियो अपराधीNagarik News
- नयाँ बजेटको पहिलो ३ महिना : सुध्रियो प्राप्ति, खर्चमा पुरानै नियतिOnlinekhabar (Nepali)
- चकलेटी रङको ल्याब्राडोर कुकुरले देखाएको करामत!Setopati
- US labour market holds firm as weekly lay-offs tumble to 57-year lowSouth China Morning Post
- इन्ट्राडे कारोबारका लागि कानुनी व्यवस्था गरिंदै, नियमावलीको मस्यौदामा सेबोनले माग्यो सुझावBizmandu