Skip to main content
अर्थतन्त्रBizmandu

इन्ट्राडे कारोबारका लागि कानुनी व्यवस्था गरिंदै, नियमावलीको मस्यौदामा सेबोनले माग्यो सुझाव

Read the full story at Bizmandu

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ)का लागि कानुनी व्यवस्था गर्न लागेको छ। सेबोनले पुँजी बजारमा कारोबारको गति, तरलता र मूल्य निर्धारण प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले अन्तरदिवसीय कारोबार सञ्चालनमा ल्याउन अन्तरदिवसीय धितोपत्र कारोबार सम्बन्धी नियमावली ल्याउन लागेको हो।

सेबोनले नियमावलीको प्रारम्भिक मस्यौदा तयार पारेको छ। मस्यौदामा अन्तरदिवसीय धितोपत्र कारोबार सञ्चालनका लागि स्टक एक्सचेञ्ज र धितोपत्र दलाल व्यवसायीले सेबोनबाट स्वीकृति लिनु पर्नेछ। मापदण्ड पूरा गरेका सूचीकृत धितोपत्र मात्र अन्तरदिवसीय कारोबारका लागि योग्य हुने मस्यौदामा उल्लेख छ।

धितोपत्र दलाल व्यवसायीले ग्राहकको पहिचान, वित्तीय क्षमता, जोखिम वहन क्षमता तथा उपयुक्तता मूल्याङ्कन गरेर मात्र अन्तरदिवसीय कारोबारको सुविधा उपलब्ध गराउनु पर्नेछ। धितोपत्र दलाल व्यवसायीले अन्तरदिवसीय कारोबार सञ्चालन गर्नुअघि ग्राहकको आदेश, मार्जिन, जोखिम सीमा तथा अन्य आवश्यक सर्तको परीक्षण गर्नुपर्ने व्यवस्था मस्यौदामा छ।