१०० अर्ब डलरको अर्थतन्त्र बनाउन पूर्वाधारमा लगानी आवश्यक : पाण्डे
Read the full story at Nepal Khabar

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्य हासिल गर्न पूर्वाधार क्षेत्रमा लगानी बढाउनुका साथै उत्पादन क्षमता विस्तार गर्नुपर्ने बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ सम्बन्धी पत्रकार सम्मेलन तथा प्रोजेक्ट शोकेसलाई सम्बोधन गर्दै पाण्डेले पूर्वाधार विकासलाई सडक र पुल निर्माणमा मात्रै सिमित नराखी समग्र आर्थिक विकासको श्रृङ्खलाका रूपमा अघि बढाउनुपर्ने बताएका हुन्। उनले सडक, पुल, प्रसारण लाइन, सिँचाइ, औद्योगिक क्षेत्र, गोदाम, डिजिटल सञ्जाल, खानेपानी र व्यवस्थित शहरी विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
नेपालमा १०० अर्ब डलरको अर्थतन्त्र निर्माणसम्बन्धी अध्ययनले लगानी बढाउनुपर्ने र लगानीसँगै उत्पादन क्षमता पनि विस्तार गर्नुपर्ने स्पष्ट सन्देश दिएको उनले बताए। लगानीको वातावरण निर्माणका लागि स्पष्ट नियम, समयमै निर्णय र भरपर्दो सार्वजनिक सेवा आवश्यक पर्ने पाण्डेको भनाई छ। सरकारले नीतिगत स्थिरता र सहज वातावरण निर्माण गर्नुपर्ने तथा निजी क्षेत्रले पुँजी, प्रविधि र उद्यमशीलतामार्फत उत्पादन र रोजगारी सिर्जना गर्नुपर्ने उनले बताए।
सरकार परिवर्तन भएपनि नफेरिने नीति, अनुमानयोग्य नियम र समयमै हुने निर्णय लगानीकर्ताका लागि सबैभन्दा ठूलो सुरक्षा भएको पाण्डेले बताए।
More business
- तयार भयो पुँजीबजारमा इन्ट्राडे ट्रेडिङ सञ्चालनको नियमावली, ओपन पोजिसन सोही दिन बन्द गर्नुपर्ने व्यवस्थाNepal Khabar
- ओलीसँग भेटबारे गगनको प्रस्टीकरण- सरकारबारे कुनै कुरा लुकेर गर्नुपर्ने नै छैनNepal Khabar
- पूर्वाधार विकासमा स्वदेशी लगानीकर्तालाई प्राथमिकता दिन मागNepal Khabar
- पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित नगरी छलाङ मार्न सकिँदैन : अर्थमन्त्री वाग्लेNepal Khabar
- एलजीका घरायसी उपकरणमा २५ प्रतिशतसम्म ‘क्यासब्याक’, दशैँ–तिहार अफर छठसम्म (भिडिओ)Nepal Khabar
- धनतेरसमा कति होला सुनचाँदीको कारोबार? अर्डरबाट आशावादी छैनन् व्यवसायीBizmandu