Skip to main content
अर्थतन्त्रBizmandu2 outlets covering

कप्तान फेरिएर पनि प्रदर्शन फेरिएन कर्णालीको, लुम्बिनीलाई सामान्य लक्ष्य

Read the full story at Bizmandu

कप्तान फेरिएर पनि प्रदर्शन फेरिएन कर्णालीको, लुम्बिनीलाई सामान्य लक्ष्य

काठमाडौं। कर्णाली याक्सले लुम्बिनी लायन्ससामू १०६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको कर्णालीले १९.२ ओभरमा अलआउट हुँदै १०५ रन बनाएको हो। पहिलो ओभरबाटै लुम्बिनीले विकेट लियो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको कर्णालीले पहिलो ओभरबाटै विकेट गुमाउन थालेको थियो।

शीर्षक्रमका चार ब्याटर दोहोरो अंक नजोड्दै पभेलियन फर्किँदा ४.३ ओभरमा कर्णाली १५-४ को अफ्ठेरो स्थितिमा थियो। यस्तोमा आजैबाट कप्तानी खोसिएका सोमपाल कामी र हुसैन तलतले मिलेर इनिङस उकास्ने प्रयास गरे। सोमपालले १८ बलमा २८ रन बनाउँदा तलतले २२ बलमा २४ रन बनाए। त्यस्तै, गुल्सनले १३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन नै बनाएनन्। कर्णालीका ब्याटर क्रिजमा टिक्नै सकेनन्।

बलिङमा साविक विजेताका लागि अभिषेश गौतम, किशोर महतो, डार्सी सर्ट र रोहित पौडेलले समान २ विकेट लिँदा रुबेन ट्रम्पलमेन र शेर मल्लले समान १ विकेट लिए। लुम्बिनीको विकेट सेलिब्रेसन। लुम्बिनी जवाफी ब्याटिङमा उत्रिँदैछ। हार अफोर्ड गर्न नसक्ने स्थितिमा रहेको कर्णालीले आजै सोमपाल कामीको स्थानमा डेभिड मिलरलाई कप्तानको जिम्मेवारी सुम्पिएको थियो। कप्तानी फेरिए पनि मैदानमा भने कर्णालीको ब्याटिङ जम्न सकेन।