पाँच ठाउँको जाँच पार गरेर कसरी चिसापानी पुग्यो क्षमताभन्दा बढी यात्रु बोकेको हाइस ?
Read the full story at Nagarik News
छठ पर्व मनाउन घर फर्किने हतारो थियो । राजधानी काठमाडौंमा रहेका आफन्तहरू एकैसाथ सर्लाहीको सुन्दरपुर पुग्ने तयारीमा थिए । घरमा पर्वको रौनक थियो । परिवारका सदस्य भेटिने खुसी थियो । तर, त्यो खुसी मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीमा पुग्दा कहिल्यै नमेटिने शोकमा बदलियो ।
बिहीबार बिहान भएको विद्युतीय हाइस (ईभी) दुर्घटनामा एउटै गाउँका १४ जनाले ज्यान गुमाए । छ जना घाइते भए । छठको प्रसाद र पारिवारिक मिलनको प्रतीक्षामा बसेको सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर गाउँ अहिले आफन्त गुमाएको पीडामा डुबेको छ । तर, यो दुर्घटनाले परिवार र गाउँलाई शोकमा डुबाएको मात्र छैन, नेपालको सार्वजनिक यातायात सुरक्षा प्रणाली र नियामक निकायको कार्यक्षमतालाई कानुनी चुनौतीसहितको प्रश्न खडा गरेको छ । क्षमताभन्दा दोब्बर यात्रु, पाँच ठाउँमा जाँच, तर नियन्त्रण किन भएन?
मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस राजधानीको बल्खुबाट सर्लाहीका लागि छुटेको थियो । चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवका अनुसार हाइसमा स्वीकृत क्षमताभन्दा दोब्बर यात्रु सवार थिए । राजधानीबाट सर्लाही पुग्ने क्रममा उक्त सवारीले करिब पाँच ठाउँमा सुरक्षा जाँचसमेत पार गरेको थियो । तर, यति धेरै यात्रु बोकेको सवारीलाई कुनै पनि जाँचस्थलमा किन रोकिएन? स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राखिएको देखिएन कि देखेर पनि बेवास्ता गरियो?
More politics
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar
- सन्दीपको उत्कृष्ट प्रदर्शनमा विराटनगर विजयी, पोखराको प्लेअफ यात्रा समाप्तNepal Khabar
- भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारकाNepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- बालेनको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुने भारतीय मन्त्रीको दाबीNepal Khabar