भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारका
Read the full story at Nepal Khabar

मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढीमा भएको यात्रुवाहक हाइस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने ११ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार दुर्घटनामा ज्यान गुमाएका ११ जनाको शव हेटौंडा अस्पतालमा ल्याइएको थियो भने थप तीन जनाको शव दुर्घटनास्थलबाट भर्खरै फेला परेको सशस्त्र प्रहरीका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। दुर्घटनास्थलमा शव फेला परेका थप तीन जनाको पहिचान खुल्न बाँकी रहेको छ। दुर्घटनामा गाडी चालक सर्लाहीको कविलासी गाउँपालिका-८ का ३० वर्षीय रविशङ्करकुमार मण्डलको पनि मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्लेले बताए।
डीएसपी काफ्लेका अनुसार पुनम, विवेक, दीक्षा, दिपिका र अनु एउटै परिवारका सदस्य हुन्। दिक्षा, दिपिका र अनु पुनमका छोरी हुन्। दुर्घटनामा घाइते भएका ६ जनालाई उद्धार गरी हेटौँडा अस्पताल पुर्याइएको थियो। घाइतेमध्ये सर्लाही चक्रघट्टा-४ का ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन्।
त्यस्तै, तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदीप यादवलाई लाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल रिफर गरिएको छ। ३१ वर्षीय 'बेचु' भनिने देवेन्द्र रायलाई थप उपचारका लागि चितवनको मनकामना अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
More politics
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- बालेनको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुने भारतीय मन्त्रीको दाबीNepal Khabar
- सन्दीपको उत्कृष्ट प्रदर्शनमा विराटनगर विजयी, पोखराको प्लेअफ यात्रा समाप्तNepal Khabar
- गाडीमा नअटाउँदा फर्किएका अवधेशले गुमाए श्रीमती, तीन छोरी र दुई भाइNepal Khabar