र्याडिसनमा ‘जापानिज फुड फेस्टिभल’, अनलिमिटेड शुशी र प्रामाणिक जापानी स्वाद पस्कँदै होक्काइडो ग्रुप
Read the full story at Onlinekhabar (Nepali)

फेस्टिभलमा जापानी र नेपाली सेफहरूले सँगै काम गरिरहेका छन् । यसले एकअर्काबाट सिक्ने र नयाँ परिकार विकास गर्ने अवसर मिलेको आयोजकको भनाइ छ । २० कात्तिक, काठमाडौं । जापानी खाना पारखी लक्षित गर्दै काठमाडौं लाजिम्पाटस्थित पाँचतारे होटल र्याडिसनमा ‘जापानिज फुड फेस्टिभल’ उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्ष र नेपालमा जापानी स्वाद पस्कँदै आएको ‘होक्काइडो ग्रुप’ को सातौं वार्षिकोत्सव अवसर पारेर यो विशेष महोत्सव आयोजना गरिएको हो । महोत्सवको मुख्य आकर्षण ‘जापानिज डिनर बुफे’ हो, जहाँ ग्राहकले असीमित शुशीको मजा लिइरहेका छन् । प्रतिव्यक्ति ३ हजार रुपैयाँ तोकिएको यस प्याकेजमा अनलिमिटेड शुशीका साथै एउटा जापानी डिजर्ट र सफ्ट ड्रिंक समावेश छ । शाकाहारी ग्राहक लक्षित गर्दै एभोकाडो, तोफु लगायत ‘भेज शुशी’ को समेत व्यवस्था गरिएको छ ।
त्यस्तै परिवार सहित आउने ग्राहक सहजताका लागि ६ देखि १२ वर्षसम्मका बालबालिकालाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । होक्काइडो ग्रुप संस्थापक अर्जुन अधिकारीका अनुसार यो फेस्टिभल व्यापारमुखी मात्र नभई ७ वर्षसम्म साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्ने अवसर पनि हो । कार्यक्रम स्थलको क्षमता १ सय जनाभन्दा बढीको भए पनि खानाको गुणस्तर र ग्राहकको सहजता ध्यानमा राख्दै आयोजकले दैनिक ७० जनालाई मात्र सीमित गरेको छ ।
More politics
- सरकारलाई ‘भुइँ टेक्न’ सुझाव दिँदै रविले भने- हामी चुनाव जितेका हौँ, कुनै ग्रहबाट खसेका होइनौँNepal Khabar
- स्थानीय तहमा उम्मेदवार छनोटका लागि रास्वपाको सात बुँदे निर्देशनNepal Khabar
- सहिद परिवारलाई घर हस्तान्तरण गरेर मकवानपुरमा जागरण अभियानको उद्घाटनNepal Khabar
- बालेन सरकारलाई पश्चिममा शक्तिहरूले नै विघटन गर्नेछन्: बादलNepal Khabar
- बालेनलाई उच्च राजनीतिक चरित्र देखाउन रविको आग्रह, भने- हामी ठालु भयौँ, दम्भी बन्यौँNepal Khabar
- न्यायपालिकाको सुधारमा न्यायाधीशको आचरण र जवाफदेहिता निर्णायक: प्रस्तावित न्यायाधीश सारूNepal Khabar