Skip to main content
वातावरणOnlinekhabar (Nepali)

सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन

Read the full story at Onlinekhabar (Nepali)

सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन

२१ कात्तिक, स्याङ्जा । स्थानीयलाई सहज रूपमा आयुर्वेदिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्याङ्जाका तीन स्थानीय तहमा निर्माण थालिएका आयुर्वेद औषधालयका भवन ६ वर्षसम्म पनि पूरा भएका छैनन् । आँधीखोला गाउँपालिका–५ सेतिदोभान, अर्जुनचौपारी गाउँपालिका–५ आरुचौर र वालिङ नगरपालिका–१ धनुबाँसेमा निर्माणाधीन भवन अलपत्रजस्तै बनेका छन् ।

६ वर्षअघि सम्झौता भएर निर्माण सुरु भएको भवन पूर्ण हुन सकेको छैन । सम्झौताअनुसार दुई वर्षमा सम्पन्न हुनुपर्ने सेतिदोभान र आरुचौरका भवनको काम आधा हाराहारी मात्रै भएको छ । डेढ वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लगाइएको धनुबाँसेको भवनमा पनि अपेक्षित प्रगति हुन सकेको छैन ।

निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीका कारण स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको पूर्वाधार निर्माण प्रभावित भएको स्थानीयको आरोप छ । सेतिदोभान र आरुचौरका आयुर्वेद औषधालय निर्माणका लागि भ्याली/बाबुरत्न जेभी ललितपुरले २०७७ फागुन ११ गते सम्झौता गरेको थियो । त्यस्तै, खहरेधनुबाँसे आयुर्वेद औषधालय निर्माणका लागि सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि चितवनले २०७७ फागुन १९ गते संघीय सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत संघीय आयोजना कार्यान्वयन एकाइ पोखरासँग सम्झौता गरेको इन्जिनियर योगेन्द्र बास्ताकोटीले जानकारी दिए ।