पश्चिमी वायुको प्रभाव : तराई, उपत्यका र खोँचमा बिहान हुस्सु तथा कुहिरो लाग्ने
Read the full story at Onlinekhabar (Nepali)

२८ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ।
मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
More politics
- चक्रघट्टाका पीडित परिवारको घाउमा हेटौंडाको मल्हमNepal Khabar
- दक्षिणकाली-हेटौँडा सडकमा राति यात्रुवाहक गाडी चलाउन रोकNepal Khabar
- जब साथीले दिएको ‘रसबरी’ चपाउनेबित्तिकै मुखमै विस्फोट भयोNepal Khabar
- छठ पूजाका लागि निकितासँगै गंगासागरमा उभिँदै रविNepal Khabar
- नेपालमा सकिँदै थ्रीजी युग : एनसेलले पुसभित्रै बन्द गर्ने, टेलिकमको कहिलेNepal Khabar
- बंगालको खाडीमा फेरि नयाँ न्यूनचापीय प्रणाली विकास हुँदैNepal Khabar