हिमाली क्षेत्रमा हल्का हिमपात, तराई-मधेशमा हुस्सु
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका जिल्ला तथा पहाडी उपत्यका र खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ ।
बाँकी पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । शनिबार पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने तथा तराईमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । शनिबार राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ ।
More environment
- विश्वभरिका टेक कम्पनीको सेयरमा किन गयो पहिरो ?Onlinekhabar (Nepali)
- हुम्ला केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्पDC Nepal
- बुढीगण्डकीको बाढीले उजाडियो विशालनगर–स्याउली बजार, एक महिना बित्दा पनि पीडितको बिचल्ली!DC Nepal
- हुम्लामा ४.२ म्याग्निच्यूडको भूकम्पThaha Khabar
- हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्पOnlinekhabar (Nepali)
- पश्चिमी वायुको प्रभाव: पहाडी र हिमालीका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनाDC Nepal