Skip to main content
वातावरणOnlinekhabar (Nepali)

विश्वभरिका टेक कम्पनीको सेयरमा किन गयो पहिरो ?

Read the full story at Onlinekhabar (Nepali)

विश्वभरिका टेक कम्पनीको सेयरमा किन गयो पहिरो ?

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट उम्मेदवारहरूले सफलता हासिल गरेलगत्तै अमेरिका र एसियाका प्रमुख टेक कम्पनीहरूको सेयर बजारमा व्यापक गिरावट देखिएको छ । २० कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि चुनावपछि एआई प्रविधिको विस्तार र विकासलाई लिएर लगानीकर्ताको चिन्ता बढ्दा विश्वभरिका प्रमुख प्रविधि कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आएको छ । एआई प्रविधिको तीव्र विकासलाई नियन्त्रण वा सुस्त बनाउने पक्षमा रहेका डेमोक्रेटिक उम्मेदवारहरूले चुनावमा सफलता हासिल गरेपछि लगानीकर्ताहरू थप सशंकित बनेको हुन सक्ने अनुमान गरिएको छ ।

विशेषगरी एआई सञ्चालनका लागि आवश्यक पर्ने डेटा सेन्टरको निर्माण र विस्तारमा प्रतिबन्ध लाग्न सक्ने आशंकाले प्रविधि क्षेत्रका कम्पनीहरूको सेयरमा दबाब परेको छ । टेक कम्पनीहरूको बाहुल्य रहेको अमेरिकी नास्डाक कम्पोजिट इन्डेक्स ५.५ प्रतिशतभन्दा बढीले घटेको छ । डाउ जोन्सको तथ्यांक अनुसार अमेरिकी सेयर बजारमा आएको यो गिरावटले कम्पनीहरूको कुल बजार मूल्यमा करिब २५ खर्ब डलरको क्षति पुर्‍याएको छ । अमेरिकाका अन्य प्रमुख सेयर बजार सूचकांकहरूमा पनि उल्लेख्य गिरावट आएको छ ।

सन् २०२५ यताकै सबैभन्दा खराब कारोबारी दिनका रूपमा यो दिन दर्ज भएको छ । एआई क्षेत्रमा भइरहेको अर्बौँ डलरको लगानीबाट अपेक्षित प्रतिफल प्राप्त गर्न लामो समय लाग्न सक्ने चिन्ता लगानीकर्ताहरूमा यसअघि नै थियो ।