Skip to main content
समाजOnlinekhabar (Nepali)

तीन जिल्लाबाट लागूऔषध सहित पाँच जना पक्राउ

Read the full story at Onlinekhabar (Nepali)

तीन जिल्लाबाट लागूऔषध सहित पाँच जना पक्राउ

मोरङको पथरी शनिश्चरे नगरपालिका–४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट र स्पास्पेन ७५ ट्याब्लेट सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४१ वर्षीय जयराम राई र उनकै श्रीमती २४ वर्षीया अस्मिता चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट किर्तिपुरबाट खटिएको प्रहरीले को.२० प ४७२३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बाङ्गेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्राम सहित सोही नगरपालिका–७ सयपत्री टोल बस्ने ३० वर्षीय समुएल राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उता बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो १ सय ६० ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका–९ बस्ने ५२ वर्षीय धर्मेन्द्र गोडिया र २१ वर्षीय आकाश बाल्मिकी रहेका छन् । प्रहरी चौकी बेतहनीबाट खटिएको प्रहरीले बेतहनीबाट नेपालगंजतर्फ जाँदै गरेको ने.१ ह ३२१२ नम्बरको ई–रिक्सा जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक धर्मेन्द्र र ई–रिक्सामा सवार आकाशलाई पक्राउ गरेको हो ।