लागुऔषधसहित पाँच पक्राउ
Read the full story at Nagarik News

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–४ बाट दुई, सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बाङ्गेबाट एक र बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीबाट दुई जना पक्राउ परेका हुन्।
प्रहरीले उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफासिरमा मात्र खरिद गर्न पाइने औषधि ट्रामाडोल र स्पास्पेन बरामद गरेको छ। यस्तै, प्रहरीले सिराहा र सप्तरीको सीमा क्षेत्र सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाबाट करिब २३१ किलो गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय लहान सिराहा र प्रहरी चौकी बेल्ही सप्तरीबाट खटिएको प्रहरीले सात पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारेको हो। सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
More society
- After being called a ‘Gujarati friend’, PM Modi extends festival greetings to Sam PitrodaThe Hindu
- Vineeth on his evolution from romantic hero to character actorThe Hindu
- ‘Pushpak Vimaan’: Netflix announces crime-caper series helmed by Sudip SharmaThe Hindu
- Major reshuffle of IPS officers in Telangana | Mahesh Bhagwat is new Commissioner of Hyderabad PoliceThe Hindu
- Sanction granted by PMO to prosecute two IAS officers in Tamil Nadu, Madras High Court toldThe Hindu
- Anbil Mahesh Poyyamozhi moves Madras High Court seeking bail citing medical conditionThe Hindu