वातावरणNagarik News
हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, एक–दुई स्थानमा हिमपातको सम्भावना
Read the full story at Nagarik News

आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, आज राति पनि हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
More environment
- Traffic resumes on Prithvi Highway after overnight landslideKathmandu Post
- Nepal urges climate justice for Himalayas at COP31Kathmandu Post
- जलवायु मुद्दामा संसारका सय प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्लेNepal Khabar
- चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमाNepal Khabar
- रिसराग भुलेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाऔँ: प्रधानमन्त्रीNepal Khabar
- भारतको सत्ता राजनीति देखेकी सोनियाले पुस्तकमा खोल्दैछिन् जीवनका निजी पाटाहरूBizmandu