Skip to main content
वातावरणNepal Khabar4 outlets covering

रिसराग भुलेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाऔँ: प्रधानमन्त्री

Read the full story at Nepal Khabar

रिसराग भुलेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाऔँ: प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल संवतको अवसरमा शुभकामना दिँदै रिसराग सबै भुलेर सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउन आह्वान गरेका छन्। नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा सामाजिक सञ्जालबाट आज देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको पनि स्मरण गरेका छन्।

उनले यो मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने गरेको र त्यो हाम्रा लागि गौरवको विषय भएको पनि बताएका छन्। 'हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून्,' प्रधानमन्त्री शाहले भनेका छन्, 'सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।

'