आँखामा निलो जलाशय, मनमा अविस्मरणीय यात्रा
Read the full story at Onlinekhabar (Nepali)

१९ कात्तिक, काठमाडौं । केही ठाउँ यस्ता हुन्छन्, जहाँ शरीरभन्दा पहिले मन पुग्छ । मनले त्यहाँको सुन्दर आकृति बनाउँछ । अनि मनैले भन्छ, ‘त्यो ठाउँ वास्तवमै सुन्दर छ । ’ मनले कल्पेको यस्तै गन्तव्यमा जब पाइला टेकिन्छ र नाङ्गो आँखाले त्यसको सेरोफेरो नियालिन्छ, तब त्यो विराट सौन्दर्यले लट्ठै बनाइदिन्छ । मनले सजाएको भन्दा अझ राम्रो दृश्यले चकित बनाइदिन्छ । पारि चाँदी झैँ सेतो अटल हिमाल ।
कतै चट्टानको टाकुरा, कतै हरियाली कोणधारी जंगल । हिमालको काखमा थपक्क बसेको विशाल जलाशय । यस्तो लाग्ने, मानौँ सफाचट बनाएको ऐना धर्तीमा बिछ्याइएको हो । त्यो कञ्चन निलो पानीले भरिएको फोक्सुन्डाे देखेर मन हराभरा भयो । अनेक जिम्मेवारीमा जेलिएको शरीरलाई हत्तपत्त फुर्सद मिल्दैन । यसपालि दसैँको बिदामा भने फुर्सद मिल्यो । अनि हामी शे–फोक्सुन्डाेलाई गन्तव्य बनाएर घरबाट निस्कियौँ ।
शरद् यामको यो घमाइलो मौसममा हामी लेकको चिसो सिरोटोभित्र लुटपुटियौँ । यात्रामा हामी तीन भाइ थियौँ, सहकर्मी दिनेश गौतम र सहधर्मी अक्षर काकासहित । हामीले गोंगबुको नयाँ बसपार्क छाड्दै गर्दा बिहानको ११ बजेको थियो । त्यहाँ डोल्पा संयुक्त यातायातको बसमा चढेपछि हाम्रो यात्रा आरम्भ भयो । बसमा अधिकांश यात्रु से–फोक्सुन्डाे जाने नै थिए । कुराकानी गर्दै जाँदा थाहा भयो, यात्रु हेरेर भाडा निर्धारण गरिने रहेछ । कसैले बार्गेनिङ गरेर कम तिर्ने, कसैले बढी ।
More politics
- इजरायलमा नयाँ प्रधानमन्त्री घोषणा आज, नेतन्याहुले सत्ता गुमाउने सम्भावनाNepal Khabar
- राशिफल २१ कात्तिक : कन्या धार्मिक कृत्यमा लाग्ने, मीनको प्रियजनसँग पुनर्मिलन हुने, तपाईँको दिन कस्तो?Nepal Khabar
- जाइकाले सुरु गर्यो बीपी राजमार्गको पुनर्निर्माणNepal Khabar
- डा गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति, तोडियो अनशनNepal Khabar
- मध्यावधि चुनावमा ऐतिहासिक हारपछि ट्रम्पले गरे ह्वाइट हाउस प्रशासनमा फेरबदलNepal Khabar
- आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमNepal Khabar