जाइकाले सुरु गर्यो बीपी राजमार्गको पुनर्निर्माण
Read the full story at Nepal Khabar

प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्खेखोला-पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माणको काम सुरु गरेको छ । सो खण्डसँगै अन्य तीन खण्डमा पुनर्निर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। कार्यालयका अनुसार बर्खेखोला-पिप्ले सडकखण्ड पुनर्निर्माणको लागि जाइकासँग दुई अर्ब ६० करोडमा सम्झौता भई काम सुरु भएको हो ।
डिभिजन प्रमुख सुमन योगेशले जाइकाले हालै काम सुरु गरेको जानकारी दिए। त्यस्तै, पिप्लेदेखि काभ्रेको भकुण्डेबेँसीसम्मको खण्डमा पुनर्निर्माणको काममा हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको छ । उनका अनुसार डालाबेँसीदेखि चारसयबेँसीसम्म (८.५ किमी) पुनर्निर्माणको जिम्मा पाएको खानी-एवान-कमलजित जेभीले २०८४ को जेठ अन्त्यसम्म निर्माणको काम सम्पन्न गर्ने जनाएको छ।
यस्तै चारसयबेँसीदेखि भकुण्डेबेँसीसम्म (११.८ किमी) सडक लामा-नवकान्तिपुर जेभीले २०८४ असार १७ भित्र काम सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाएको योगशेले बताए। यसैगरी पिप्लेदेखि डालोबेँसी (२.३ किमी) सडकखण्डको जिम्मा पाएको उमा एन्ड कम्पनी-भण्डारी जेभीको २०८४ कात्तिक २६ सम्म निर्माण सक्नेछ । उनका अनुसार बिपी राजमार्ग पुनर्निर्माणको काम लक्ष्यअनुरुप नै भइरहेको छ।
More politics
- Falling temperatures and polluted air drive up respiratory illnesses in ValleyKathmandu Post
- RSP chief questions government conduct as tensions mountKathmandu Post
- The David Miller show at TU GroundKathmandu Post
- फेरि आयो अमिताभ बच्चनको बंगला बमले उडाउने धम्की, मुम्बईमा ‘अलर्ट’ जारीNepal Khabar
- न्यायाधीश कार्यकारी नेतृत्वसँग भेट्न जाने कुराले न्यायिक स्वतन्त्रतामाथि प्रश्न उठ्छ: वर्षमानNepal Khabar
- नयाँ दिल्लीबाट शाह र मोदीले गर्दैछन् यी चार आयोजना उद्घाटन, रोकियो अरुण तेस्रोNepal Khabar