Skip to main content
राजनीतिNepal Khabar

सामान्य अंकले बढ्यो नेप्से, ७ अर्बको सेयर किनबेच

Read the full story at Nepal Khabar

सामान्य अंकले बढ्यो नेप्से, ७ अर्बको सेयर किनबेच

यस दिन ७ अर्ब ४३ करोडको कारोबार भएको छ। २ करोड १२ लाख कित्ता किनबेचपछि यो परिमाणमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बुधबार नेपाल पुनर्बीमा कम्पनीको सेयरमा सर्किट लाग्दा लगानीकर्ताले प्रतिकित्ता १२०.२० रुपैयाँ आम्दानी गरेका छन्।

त्यसैगरी हिमालयन रिइन्स्योरेन्सको सेयर पनि ११.४८ अंकले बढेको छ। बाँकी भने ८.६५ प्रतिशतसम्म बढेका छन्। यस दिन कम्पनीहरुको ६.३४ प्रतिशतसम्म सेयर मूल्य घटेको छ।

कारोबारमा आज श्वेत गंगा हाइड्रोपावर एनड कन्स्ट्रक्सन लिमिटेडको सर्वाधिक ८५ करोडको कारोबार भएको छ। त्यस्तै घोराही सिमेन्टको ५१ करोड, हिमालयन रि ३६ करोड, एनआईसी एसिया बैंकको ३२ करोड र घलेम्दी हाइड्रोको २१ करोडको कारोबार भएको छ।