Skip to main content
राजनीतिNepal Khabar2 outlets covering

दानबहादुर कार्कीमाथि प्रधानमन्त्री शाहका सात ‘चार्ज’

Read the full story at Nepal Khabar

दानबहादुर कार्कीमाथि प्रधानमन्त्री शाहका सात ‘चार्ज’

सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। कार्कीको नियुक्तिदेखि पत्रकार पक्राउ प्रकरणसम्म जोडेर कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको हो। बुधबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई हटाएर एआईजी डा. मनोज केसीलाई आईजीपीमा नियुक्त गरिएको छ।

रास्वपमा पार्टीको निर्देशनमै आईजीपी फेरबदल गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता जगदीश खरेलले भने आईजीपी फेरबदलबारे प्रधानमन्त्री शाहले पार्टीमा कुनै जानकारी नदिएको दाबी गरेका छन्। 'संवेदनशील विषयमा सरकारले केही गर्नुपर्‍यो भनेर पार्टीबाट पनि निर्देशन आएको थियो,' सरकारका प्रवक्ता पोखरेलले भने, 'त्यो भएको हुनाले जिम्मेवारी फेरबदल गरेको हो। उहाँलाई कारबाही होइन, जिम्मेवारी हेरफेर मात्र गरिएको हो।

' दानबहादुरको नियुक्ति नै रोक्ने त्यो प्रयास तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले २०८२ कात्तिक २४ मा कार्कीलाई आईजीपी नियुक्त गरेको थियो। प्रधानमन्त्री शाह कार्कीलाई आईजीपी नियुक्तिमै रोक्न चाहन्थे। गत वर्ष भदौ २३-२४ को जेनजी आन्दोलनका बलमा बनेको कार्की सरकारमाथि बालेन समूहले नियुक्ति रोक्न ठूलो दबाब दिएको थियो।