रास्वपाले भन्यो- आईजीपी हेरफेरबारे सरकारले पुष्टि गर्ला, पार्टीलाई जानकारी छैन
Read the full story at Nepal Khabar

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्ने निर्णयबारे सरकारले पुष्टि गर्नुपर्ने बताएका छन्। बुधबार मन्त्रिपरिषद्का आकस्मिक बैठकले आईजीपीबाट हटाएर कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाहको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ। तर, रास्वपाकै वरिष्ठ नेता समेत रहेका शाहले कार्कीका विषयमा निर्णय गर्दा पार्टीलाई कुनै जानकारी नदिएको प्रवक्ता खरेलको भनाइ छ। सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले पार्टीसँग सल्लाहमै आईजीपी हेरफेर गरिएको दाबी गरेको थिए।
तर, त्यसबारे नेपालखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता खरेलले भने, 'कसलाई हटाउने, कसलाई राख्ने, के गर्ने, कसो गर्ने भन्ने सन्दर्भमा पार्टीले भित्र गएर हस्तक्षेप गर्ने कुराहरू पनि हुँदैन र पार्टीले भनेको अवस्था पनि होइन। ' 'म तपाईँहरू मार्फत प्रष्ट पार्न चाहन्छु, मात्र हामीले अस्तिको सचिवालय बैठकबाट के भनेका हौं भने पत्रकार पक्राउ गर्ने कुरा त्यो पनि न्युजरुमबाटै? त्यो त गलत भयो। किनभने हामीले प्रेस फ्रिडमको कुरा गर्दा पत्रकार पक्राउ गर्ने कुरा गलत भयो।
कसले पक्राउ गर्यो र कसले पक्राउ गर्न आदेश दियो? उनलाई कारवाही भनेर हामीले भनेका छौँ,' उनले भने।
More politics
- सामान्य अंकले बढ्यो नेप्से, ७ अर्बको सेयर किनबेचNepal Khabar
- राष्ट्रिय ख्रिष्टियन महासंघमा समानान्तर गतिविधिNepal Khabar
- अर्थमन्त्री वाग्ले र भारतका विदेश सचिव मिस्रीबीच भेटवार्ताNepal Khabar
- दानबहादुर कार्कीमाथि प्रधानमन्त्री शाहका सात ‘चार्ज’Nepal Khabar
- विषयगत समितिका सभापतिहरूसँग सभामुखले गरे छलफलNepal Khabar
- नवौँ ‘विराट एक्स्पो’ पुसमा गर्ने तयारी, थिम र मस्कट सार्वजनिकNepal Khabar