Skip to main content
राजनीतिNagarik News

तिहारलाई विद्युत् अवरोध नहुने गरी व्यवस्था मिलाउन मन्त्री श्रेष्ठको निर्देशन

Read the full story at Nagarik News

तिहारलाई विद्युत् अवरोध नहुने गरी व्यवस्था मिलाउन मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न मातहतका निकायलाई निर्देशन दिएका छन्। मन्त्री श्रेष्ठले बुधबार प्राधिकरण सञ्चाल समितिको बैठक अघि कार्यकारी निर्देशक तथा उच्च कर्मचारीहरुलाई तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन चाडपर्वको समयमा हुने विद्युत् माग र आपूर्तिको पूर्वानुमान तथा विश्लेषण गरी आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिएका हुन्।

चाडपर्वका समयमा विद्युत् खपत बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै मागअनुसार पर्याप्त विद्युत् उपलब्ध हुने र कुनै पनि क्षेत्रमा अनावश्यक विद्युत् अवरोध हुन नदिने व्यवस्था मिलाउन उनले स्पष्ट निर्देशन दिए। त्यसैगरी, आगामी सुख्खा याममा विद्युत् आपूर्तिलाई भरपर्दो र नियमित बनाउन आन्तरिक उत्पादन तथा विद्युत् आयातको सम्भावना समेत विश्लेषण गर्न मन्त्री श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिए।

उनले सुख्खा याममा हुन सक्ने माग र उपलब्ध विद्युतको अवस्थाको यथार्थ मूल्यांकन गरी आपूर्ति व्यवस्थापनका लागि तत्काल चाल्नुपर्ने कदमसहित आगामी बैठकमा विस्तृत कार्ययोजना र प्रस्तुतीकरण पेस गर्न निर्देशन दिए।