ट्रम्पको पार्टीले चुनाव हारेपछि खुसियाली (तस्बिरहरू)
Read the full story at Nepal Khabar

अमेरिकामा भएको मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई कंग्रेस (संसद्) का दुवै सदनमा पराजित गर्दै बहुमत हासिल गरेपछि विपक्षी डेमोक्र्याटिक पार्टीका समर्थकले खुसियाली मनाइरहेका छन्। तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रतिनिधि सभा) का सबै ४३५ सिटमा चुनाव भएको थियो। जसमध्ये अहिलेसम्म विपक्षी डेमोक्र्याटिक पार्टीले २२८ सिट जितिसकेको छ भने ट्रम्पको रिपब्लिकन पार्टीले १३९ सिट जितेको छ। बाँकी ६८ सिटको नतिजा आउन बाँकी छ। तर डेमोक्र्याटिकले ४३५ को बहुमत २१८ सिट कटाइसकेको छ।
उता माथिल्लो सदन सिनेटमा जम्मा १०० सिट छन्। जसमध्ये अहिले ३५ सिटका लागि चुनाव भएको हो। यीमध्ये ३३ सिटको नतिजा घोषणा भइसकेको छ। जसमा डेमोक्र्याटिक पार्टीले २० सिट जित्दा रिपब्लिकन पार्टी १३ सिटमा सीमित भएको छ। बाँकी दुई सिटको मतगणना जारी छ।
जसमध्ये अहिलेसम्म ३४ राज्यको नतिजा घोषणा भइसकेको छ। जसमा डेमोक्र्याट २२ राज्यमा विजयी हुँदा र रिपब्लिकन १२ मा खुम्चिएको छ। दुई राज्यमा मतगणना जारी छ।
More politics
- आईजीपी नियुक्तिबारे ओली: भनेको मान्छन् भनेर नयाँ नियुक्ति गरेको होलाNepal Khabar
- शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने अडानमा डा. केसीNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar
- कांग्रेसले सरकारलाई भन्यो- भय र भ्रमको शासन बन्द गरNepal Khabar
- फैसला कार्यान्वयनमा निरीह राज्य- ३१ अर्ब जरिवाना र १ लाख ८ हजार वर्षभन्दा बढी कैद असुल गर्न बाँकीNepal Khabar
- अमेरिकी कंग्रेसमा डेमोक्र्याट्सको कब्जा, दुवै सदनमा हार्यो ट्रम्पको पार्टीNepal Khabar