Skip to main content
वातावरणThaha Khabar

पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच

Read the full story at Thaha Khabar

पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच

अर्घाखाँची : नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परासँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ। परम्परागत बाजाको गुञ्जन, आकर्षक भेषभूषा, सात तालको विशिष्ट लय र धार्मिक विधिसहित प्रस्तुत गरिने यो नाचले नेवार समुदायको सांस्कृतिक विरासतलाई मात्र होइन, जिल्लाको सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई समेत उजागर गर्दै आएको छ। पुस्तौँदेखि संरक्षण हुँदै आएको भैरव नाच अर्घाखाँचीका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायको साझा सांस्कृतिक पहिचान हो। सन्धिखर्क नगरपालिका– १ को पटुवाथुम, वडा नं १२ को डिभर्ना तथा भूमिका स्थान नगरपालिका– ८ को नुवाकोट र लात्तेबाँजमा बसोबास गर्ने नेवार समुदायले फरकफरक वर्षमा यो नाच निकाल्ने परम्परा कायम राखेका छन्।

यसवर्ष भूमिकास्थान– ८ को नुवाकोट भैरव समाजले नाच प्रदर्शन गरेको छ। नेवा समाज अर्घाखाँची–रुपन्देहीले बुटवलमा समेत यसको प्रदर्शन गरेको छ। दुवै समाजले सन्धिखर्कलगायत विभिन्न स्थानमा भैरव नाच देखाएका छन्। भैरव नाचको आफ्नै धार्मिक विधि र समय सीमा छ।

अर्घाखाँचीमा श्रीकृष्ण जन्माष्टमीदेखि सुरु हुने यो नाच कात्तिक औँसीसम्म प्रदर्शन गर्ने चलन छ। अर्घाखाँची भैरव नाच संरक्षण समितिका संयोजक राजकुमार श्रेष्ठका अनुसार देउसी–भैलोको मादल बज्नुअघि नै भैरव नाच विसर्जन गरिसक्नुपर्ने स्थानीय मान्यता छ।