दीपावलीले ‘विविधतामा एकता’ को राष्ट्रिय भावनालाई थप सशक्त बनाउने उपराष्ट्रपतिको विश्वास
Read the full story at Nagarik News

उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिमाल, पहाड र तराई–मधेसका समुदायलाई साझा उत्साह, सम्मान र परस्पर सद्भावका माध्यमबाट जोड्ने सांस्कृतिक सेतुका रूपमा तिहारले राष्ट्रिय एकतालाई थप मजबुत बनाएको बताएका छन्। तिहार (शुभ दीपावली), २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाल विविध भाषा, संस्कृति, परम्परा, जातजाति र धार्मिक विश्वासले सुशोभित राष्ट्र भएको बताएका छन्।
उपराष्ट्रपति यादवले तिहारले यही विविधतालाई आत्मीय सम्बन्धको सूत्रमा बाँध्दै ‘विविधतामा एकता’ को राष्ट्रिय भावनालाई थप सशक्त बनाउने उल्लेख गरेका छन्। रैथाने सांस्कृतिक परम्परामा तिहारको महत्त्व रहेको जनाउँदै उपराष्ट्रपतिले काग तिहारले सूचना र सन्देश, कुकुर तिहारले निष्ठा र समर्पण, गाई तिहारले मातृत्व, समृद्धि र जीवनदायी संस्कृतिप्रतिको श्रद्धा र गोरु पूजाले श्रम, उत्पादन र कृषि सभ्यताको गौरवलाई उजागर गर्ने बताएका छन्।
“लक्ष्मी पूजाले समृद्धिसँगै सदाचार र सदुपयोगको सन्देश दिन्छ भने देउसी–भैलोले गाउँदेखि शहरसम्म सामूहिक आनन्द, सहकार्य र सामाजिक एकताको भावना बलियो बनाउँछ। भाइटीका (भ्रातृ द्वितीया) ले दाजुभाइ तथा दिदीबहिनीबीचको स्नेह, विश्वास र आजीवन आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर प्रदान गर्दछ”, उपराष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ।
More environment
- भोटेकोसी-बुढीगण्डकी पीडाका साथ नेपाल ‘कोप-३१’मा सहभागी, खोज्नेछ जलवायु न्यायNepal Khabar
- घोप्टेभिरमा खस्यो झन् ठूलो पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी नै अवरुद्धNepal Khabar
- How many Nepalis are one flood away from poverty?Kathmandu Post
- World entering ‘age of climate extremes’: UN chiefThe Hindu
- पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाचThaha Khabar
- Scientists predict 2026 hottest year on record as climate talks beginBBC