Skip to main content
अर्थतन्त्रSetopati

हनी ट्र्याप ‍प्रकरणमा एनभिडियाका सिइओ हुआङमाथि एफबिआईले गर्दैछ अनुसन्धान

Read the full story at Setopati

हनी ट्र्याप ‍प्रकरणमा एनभिडियाका सिइओ हुआङमाथि एफबिआईले गर्दैछ अनुसन्धान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै मूल्यवान् चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङसँग सम्बन्ध रहेको बताइएकी चिनियाँ व्यवसायी एलिस हुआङमाथि लागेको जासुसीसम्बन्धी आरोपबारे अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबिआई) ले अनुसन्धान गरिरहेको बताएका छन्। चिनियाँ गुप्तचर निकायका लागि काम गर्ने गरेको आरोप लागेकी एलिससँग हुआङको सम्बन्ध र त्यसक्रममा अमेरिकी प्रविधिसम्बन्धी संवेदनशील सूचना चीन पुगेको हुन सक्ने आशंकाले यो प्रकरणले अमेरिकी सुरक्षा निकायको ध्यान तानेको हो। सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले हुआङसँग यस विषयमा कुराकानी गरेको बताए। हुआङले ती महिला चिनियाँ जासुस भएको आफूलाई कुनै जानकारी नभएको बताएको ट्रम्पको भनाइ छ।

यस प्रकरणमा आफू आश्चर्यचकित भएको पनि उनले बताएका छन्। यसअघि एनभिडियाको सञ्चालक समितिले हुआङ विदेशी गुप्तचर निकायको निशानामा परेको हुन सक्ने विषयमा आन्तरिक अनुसन्धान थालेको थियो। कम्पनीले स्वतन्त्र सञ्चालकहरूको समितिमार्फत बाह्य कानुनी परामर्शदाताको सहयोगमा अनुसन्धान अघि बढाएको हो। एलिस हुआङलाई हुआङ ले नामले पनि चिनिन्छ।

उनी चिनियाँ नागरिक हुन्। उनले विगतमा चिनियाँ सञ्चारमाध्यममा टेलिभिजन पत्रकारका रूपमा काम गरेकी थिइन्। त्यसपछि वित्तीय क्षेत्रमा प्रवेश गरेकी उनी हङकङस्थित एचएसबिसीलगायत वित्तीय संस्थासँग जोडिएको बताइएको छ।