Skip to main content
अर्थतन्त्रBizmandu

अमेरिकी डलरसँगै युरो र पाउण्ड स्टर्लिङको मूल्यमा वृद्धि, हङकङ डलरको भाउ स्थिर

Read the full story at Bizmandu

काठमाडौं। अमेरिकी डलरसँगै युरो र पाउण्ड पनि बढ्दा मंगलबार सुनको मूल्य अझ बलियो भएको छ। अधिकांश विदेशी मुद्राको मूल्य बढ्दा हङकङ डलरको मूल्य भने स्थिर छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिदबिक्री दरमा सामान्य बढोत्तरी छ। मंगलबार १ डलरको खरिद दर १४९ रुपैयाँ ९९ पैसा र बिक्री दर १५० रुपैयाँ ५९ पैसा भएको छ। सोमबार खरिद दर १४९ रुपैयाँ ९६ पैसा र बिक्री दर १५० रुपैयाँ ५६ पैसा थियो।

अन्तर्राष्ट्रिय बजारमा २४ घण्टामा सुनको मूल्य ६२.६० डलरले बढ्दै प्रति औंस ४१३०.८६ डलर भएको छ। चाँदी पनि १.८१ डलरले बलियो हुँदै प्रति औंस ५३.४८ डलर पुगेको छ। युरोपियन युरोको खरिद दर १६७ रुपैयाँ ८९ पैसा र बिक्री दर १६८ रुपैयाँ ५६ पैसा भएको छ। सोमबार खरिद दर १६७ रुपैयाँ १२ पैसा र बिक्री दर १६७ रुपैयाँ ७८ पैसा थियो। पाउण्ड स्टर्लिङको खरिद दर २०१ रुपैयाँ २६ पैसा र बिक्री दर २०२ रुपैयाँ ७ पैसा भएको छ। सोमबार खरिद दर २०० रुपैयाँ २० पैसा र बिक्री दर २०१ रुपैयाँ १ पैसा थियो।

स्वीस फ्रयांकको खरिद दर १८३ रुपैयाँ ३५ पैसा र बिक्री दर १८४ रुपैयाँ ८ पैसा भएको छ। सोमबार खरिद दर १८२ रुपैयाँ ७६ पैसा बिक्री दर १८३ रुपैयाँ ४९ पैसा थियो। हङकङ डलरको मूल्य सोमबार कायममै स्थिर छ। खरिद दर १९ रुपैयाँ १३ पैसा र बिक्री दर १९ रुपैयाँ २० पैसा छ।