१५ दिनमै मकैको मूल्य किलोमा १५ रुपैयाँ बढ्यो, दानाको लागत १५ प्रतिशत उकालो
Read the full story at Bizmandu
चितवन। विदेशबाट आयात हुने मकै र भटमासको मूल्य आकासिएपछि दानाको लागत मूल्य बढेको छ। यससँगै पशुपन्छीजन्य उत्पादनको खर्च बढ्ने भएको छ। यसबाट प्रत्यक्ष रूपमा उपभोक्ता प्रभावित हुने भएका छन्। नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष उमेश सापकोटाका अनुसार १५ दिनअघिसम्म भारतबाट आउने मकै प्रतिकिलो ३९ र नेपाली मकै ३६ रुपैयाँमा खरिद हुने गरेको थियो। अहिले भारतीय मकैको मूल्य प्रतिकिलो ५४ रुपैयाँ र नेपाली मकै ५० रुपैयाँभन्दा माथि पुगेको छ।
यस्तै, अमेरिका र बंगलादेशबाट आउने भटमासको पिनाको मूल्य प्रतिकिलो रु ८७ /८८ बाट बढेर रु ९५/९६ पुगेको छ। नेपालमा मकै र भटमासको पिना सबैभन्दा बढी कुखुराको दानामा प्रयोग हुन्छ। दानामा मकै ५० देखि ६० प्रतिशतसम्म प्रयोग हुन्छ भने भटमासको पिना २५ प्रतिशत प्रयोग हुन्छ। कुखुराको दानामा यसका अतिरिक्त थोरै मात्रामा तोरीको पिना, डीसीपी, ढुटो, मार्बल डस्ट, मिनरल र भिटामिनजस्ता वस्तु प्रयोग हुन्छन्। ढुटोको मूल्यसमेत प्रतिकिलो रु ३५ बाट ४७ पुगेको छ। सापकोटाका अनुसार दानाको लागत मूल्यमा करिब १५ प्रतिशत वृद्धि भएको छ।
यससँगै विदेशबाट आयात हुने भटमासको पिना पहिले ६० दिनमा आइपुग्ने गरेकामा अहिले ९० दिन लाग्न थालेको छ। जसका कारण खर्च बढेको उनले बताए। नेपालमा भटमासजन्य पदार्थ वार्षिक तीन लाख ५० हजार मेट्रिक टन खपत हुन्छ । ती सबै तेस्रो मुलुकबाट आयात हुने गर्छन्।
More business
- राशिफल २४ कात्तिक : कर्कटको अनावश्यक ठाउँमा लगानी, कन्याको सेवाभाव बढ्ने, तपाईँको के?Nepal Khabar
- काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धिOnlinekhabar (Nepali)
- हनी ट्र्याप प्रकरणमा एनभिडियाका सिइओ हुआङमाथि एफबिआईले गर्दैछ अनुसन्धानSetopati
- ८१ वर्षमा बुकर पुरस्कार जित्दै एम जोन ह्यारिसन बने सबैभन्दा पाका विजेताNagarik News
- अमेरिकी डलरसँगै युरो र पाउण्ड स्टर्लिङको मूल्यमा वृद्धि, हङकङ डलरको भाउ स्थिरBizmandu
- Stock Market Holiday Today: NSE, BSE Shut, When Will Trading Resume?NDTV