सर्टको विस्फोटक इनिङ, लुम्बिनी जितनजिक
Read the full story at Nagarik News
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा १०६ रनको सामान्य लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्स जितनजिक पुगेको छ। सुरुवाती झट्काका बाबजुद ओपनर डार्सी सर्टको उत्कृष्ट ब्याटिङको मद्दतले लुम्बिनीले ताजा स्थितिमा १२.५ ओभरमा ४ विकेट गुमाएर ७७ रन बनाएको छ। लुम्बिनीलाई जितका लागि अब ४३ बलमा मात्र २९ रनको आवश्यकता छ। टोलीको हालको रनरेट ६.०० रहँदा आवश्यक रनरेट ४.०४ मा झरेको छ।
क्रिजमा अर्धशतक नजिक रहेका डार्सी सर्ट ३२ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४५ रन बनाएर खेलिरहेका छन्। उनलाई दिलिप नाथले ६ रन बनाएर साथ दिइरहेका छन्। यसअघि १९ रनमै ३ विकेट गुमाएर दबाबमा परेको लुम्बिनीको इनिङलाई सर्ट र विकेटकिपर ब्याटर निरोशन डिकवेलाले सम्हालेका थिए। उनीहरूबीच चौथो विकेटका लागि ४१ रनको महत्वपूर्ण साझेदारी भयो।
डिकवेला १३ बलमा २ चौकासहित १६ रन बनाएर १०औं ओभरको पहिलो बलमा मार्क वाटको बलमा विपिन शर्माबाट क्याच आउट भए। यसअघि ओपनर आसिफ शेख १ रन र कप्तान रोहित पौडेल १ रनमै मार्क वाटको बलमा आउट भएका थिए भने सन्दीप जोरा ४ रन बनाएर पवन सर्राफको शिकार बनेका थिए। कर्णालीका लागि स्पिनर मार्क वाटले कसिलो बलिङ गर्दै ३ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ३ विकेट लिएका छन्। पवन सर्राफले ४ ओभरमा २८ रन दिएर १ विकेट हात पारे।
More politics
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar
- सन्दीपको उत्कृष्ट प्रदर्शनमा विराटनगर विजयी, पोखराको प्लेअफ यात्रा समाप्तNepal Khabar
- भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारकाNepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- बालेनको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुने भारतीय मन्त्रीको दाबीNepal Khabar