Skip to main content
राजनीतिNepal Khabar

ऊर्जामन्त्री श्रेष्ठसँग भारतका विदेश सचिवको भेट, द्विदेशीय ऊर्जा सहकार्यबारे छलफल

Read the full story at Nepal Khabar

भारतका विदेश सचिव विक्रम मिस्रीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरेका छन्।

भेटका क्रममा मन्त्री श्रेष्ठले हालै नेपालमा आएको बाढीबाट प्रभावित क्षेत्रको राहत तथा पुनर्स्थापनाका लागि भारत सरकारबाट प्राप्त सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गरेका छन्।

सो अवसरमा बाढी तथा विपद् व्यवस्थापन, जलवायु परिवर्तनका प्रभाव, जलस्रोत व्यवस्थापन तथा जलवायु उत्थानशीलताका साथै ऊर्जा क्षेत्रका विभिन्न आयोजना र नेपाल-भारत ऊर्जा सहकार्यका विषयमा छलफल भएको