जनक पाण्डेसँग पद्मा अर्यालका प्रश्न : श्रीमतीको जग्गादेखि भुटानी शरणार्थी प्रकरणसम्म
Read the full story at Thaha Khabar

काठमाडौँ : नेकपा एमालेकी सांसद पद्मा अर्यालले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेसँग न्यायिक आचरण, आर्थिक पारदर्शिता र स्वार्थको द्वन्द्वबारे प्रश्न गरेकी छन्। शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा अर्यालले पाण्डेकी श्रीमती माया पाण्डे पुरीको नाममा रहेको जग्गा र भुटानी शरणार्थी प्रकरणमा भएको फैसलाबारे स्पष्ट जवाफ मागेकी हुन्। अर्यालले पुरी परिवारबाट दाइजो, बकस वा अंशका रूपमा प्राप्त भएको भनिएको जग्गा विशेष अदालतले सरकारीकरण गर्ने निर्णय गरे पनि फिर्ता नभएको उजुरीकर्ताको दाबी रहेको उल्लेख गरिन्।
उक्त जग्गासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले पारिवारिक स्वार्थ जोडिएको विषयमा पाण्डेले निष्पक्षता कसरी कायम गर्नुहुन्छ भन्ने उनको प्रश्न थियो। त्यस्तै, भुटानी शरणार्थी प्रकरणमा पाण्डे संलग्न इजलासबाट भएको फैसलालाई लिएर समान प्रकृतिका मुद्दामा फरक व्यवहार भएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठिरहेको अर्यालले बताइन्। उनले न्यायाधीशको व्यक्तिगत आचरण, आर्थिक पारदर्शिता र स्वार्थको द्वन्द्व नियन्त्रण गर्ने आधारबारे पनि स्पष्ट जवाफ मागिन्।
अर्यालले न्यायपालिकाप्रति जनविश्वास पुनःस्थापित गर्ने पाण्डेको योजना र त्यसको कार्यान्वयनको प्रतिबद्धतामाथि समेत प्रश्न उठाइन्।
More business
- Nepse retreats as profit-taking slows post-Dashain rallyKathmandu Post
- २०० करोडको ठगी प्रकरणमा नोरा अदालत पुगिन्, सुकेशसँगको सम्बन्धबारे के भनिन् ?Nagarik News
- Paraguay's president impeached after collapse of bankBBC
- प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकियो, गोकर्ण डाँगीको सुरुOnlinekhabar (Nepali)
- Top U.S., China officials raise trade 'concerns' as APEC approachesThe Hindu
- एआई प्रतिस्पर्धामा आफ्नै क्षमता र रणनीतिले अघि बढ्न नेपाललाई राष्ट्रसंघीय विज्ञको सुझावBizmandu