Skip to main content
अर्थतन्त्रNagarik News

२०० करोडको ठगी प्रकरणमा नोरा अदालत पुगिन्, सुकेशसँगको सम्बन्धबारे के भनिन् ?

Read the full story at Nagarik News

२०० करोडको ठगी प्रकरणमा नोरा अदालत पुगिन्, सुकेशसँगको सम्बन्धबारे के भनिन् ?

बलिउड अभिनेत्री नोरा फतेही २०० करोड भारतीय रुपैयाँको कथित ठगी तथा जबरजस्ती रकम असुली प्रकरणमा बयान दिन शुक्रबार दिल्लीको राउज एभिन्यू अदालत पुगेकी छन्। उनी यस मुद्दामा अभियुक्त नभई अभियोजन पक्षकी साक्षी हुन्। दैनिक भास्कर का अनुसार अदालतमा बयान दिँदै नोराले सन् २०२० मा चेन्नईमा आयोजित एक च्यारिटी कार्यक्रममा सुकेश चन्द्रशेखरकी पत्नी लीना मारिया पलसँग भेट भएको बताइन्। उनलाई एक्सिड इन्टरटेनमेन्ट नामक एजेन्सीमार्फत कार्यक्रममा प्रमुख अतिथि र नृत्य प्रतियोगिताको निर्णायकका रूपमा बोलाइएको थियो।

नोराका अनुसार कार्यक्रमको तयारी भइरहेका बेला लीना परिवारका सदस्य, भिडियोग्राफर र अन्य व्यक्तिसहित उनको कोठामा पुगेकी थिइन्। भेटका क्रममा लीनाले आफ्ना पति सुकेश नोरासँग कुरा गर्न चाहेको बताइन्। त्यसपछि उनले सुकेशलाई फोन गरेर स्पिकरमा राखेकी थिइन्। फोनमा सुकेशले चेन्नई आएकोमा नोरालाई धन्यवाद दिएका थिए।

साथै, आफ्नो परिवार नोराको प्रशंसक रहेको र भविष्यमा सँगै विभिन्न कार्यक्रममा सहभागी हुन सकिने बताएका थिए। कुराकानीकै क्रममा लीनाले नोरालाई कार उपहार दिने प्रस्ताव राखेकी थिइन्। सुकेशले पनि उक्त उपहार स्वीकार गर्न आग्रह गरेको नोराले अदालतमा बताइन्। नोरा क्यानडाकी नागरिक हुन् भने उनको पुर्ख्यौली सम्बन्ध मोरक्कोसँग छ।