एआई प्रतिस्पर्धामा आफ्नै क्षमता र रणनीतिले अघि बढ्न नेपाललाई राष्ट्रसंघीय विज्ञको सुझाव
Read the full story at Bizmandu
काठमाडौं। संयुक्त राष्ट्रसंघका डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन–हार्टले एआई प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा नेपालले आफ्नो स्थान बनाउन प्रविधिमा परनिर्भरता घटाउँदै स्वदेशी क्षमता विकास र डिजिटल सार्वभौमिकतामा जोड दिनुपर्ने बताएका छन्।
ललितपुरको होटल हिमालयमा शनिबार आयोजित ‘नेसनल एआई समिट २०२६’ मा प्रमुख वक्ताका रूपमा बोल्दै हार्टले विश्वव्यापी एआई प्रतिस्पर्धामा नेपालजस्ता विकासशील मुलुकका लागि उपलब्ध अवसर, रणनीतिक सम्भावना र चुनौतीबारे धारणा राखे। विश्वव्यापी एआई प्रतिस्पर्धामा नेपालले स्पष्ट रणनीतिक बाटो तय गर्नुका साथै डिजिटल सार्वभौमिकता र प्रविधिमा बढ्दो निर्भरता घटाउँदै जानुपर्ने उनको भनाइ थियो।
नेपालले एआई क्षेत्रमा आफ्नो क्षमता विस्तार गर्न स्थानीय प्रतिभा र नवप्रवर्तनलाई प्रोत्साहन, अन्तर्राष्ट्रिय सहकार्य तथा आवश्यक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनले उल्लेख गरे। एआई विकासका लागि आवश्यक कम्प्युटिङ क्षमता, डेटा सेन्टर, ऊर्जा, क्लाउड सेवा र डिजिटल पूर्वाधारमा लगानी बढाउन सुझाए।
More business
- Nepse retreats as profit-taking slows post-Dashain rallyKathmandu Post
- जनक पाण्डेसँग पद्मा अर्यालका प्रश्न : श्रीमतीको जग्गादेखि भुटानी शरणार्थी प्रकरणसम्मThaha Khabar
- २०० करोडको ठगी प्रकरणमा नोरा अदालत पुगिन्, सुकेशसँगको सम्बन्धबारे के भनिन् ?Nagarik News
- Paraguay's president impeached after collapse of bankBBC
- प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकियो, गोकर्ण डाँगीको सुरुOnlinekhabar (Nepali)
- Top U.S., China officials raise trade 'concerns' as APEC approachesThe Hindu