राजनीतिOnlinekhabar (Nepali)2 outlets covering
पटका पड्काउने क्रममा छर्रा लागेर बालकको मृत्यु
Read the full story at Onlinekhabar (Nepali)

पर्साका डीएसपी चक्रबहादुर मल्लका अनुसार सोमबार बिहान ८ बजे आफ्नै घर अगाडि पटका पड्काउने क्रममा बालक सहनीको छातीमा पटकाको छर्रा लागेर घाइते भएका थिए । डीएसपी मल्लले अनलाइनखबरसँग भने, ‘बालकले फलामको पाइभित्र राखेर पटका पड्काएका रहेछन् ।
पटका पड्कने क्रममा पाइपको दुवैतर्फबाट छर्रा निस्किँदा उनको छातीको बीच भागमा गम्भीर चोट लागेको रहेछ । उपचारका लागि अस्पताल ल्याइए पनि चिकित्सकले बालकलाई मृत घोषणा गरेको हो ।
’ पटकाको छर्रा लागेर घाइते भएका उनलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल ल्याइएको थियो । चिकित्सकले जाँच गर्ने क्रममा बिहान ८:४५ बजे मृत्यु घोषणा गरेका थिए ।
More politics
- यसो भन्छ पाँचदिने मौसम प्रक्षेपणNepal Khabar
- उत्पादन बढेपछि फूलको मूल्य घट्योNepal Khabar
- बालेनको भ्रमणअघि पञ्चेश्वरबारे भारतको सकारात्मक सन्देश, अरुण र तल्लो अरुणमा खोज्यो साथNepal Khabar
- ठुलो संख्यामा मानिसहरूलाई अमेरिकाबाट निकाल्दा मलाई राजनीतिक नोक्सान भयो : ट्रम्पNepal Khabar
- ‘दिवाली’को रात भारतमा आगलागीबाट एकै परिवारका ६ सदस्यसहित २२ जनाको मृत्युNepal Khabar
- शुक्रबार तोलामा ५९ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदी पनि महँगियोNepal Khabar