आकर्षक पर्यटकीय गन्तव्य बन्दै उत्तरी गोरखाको न्याउली झरना (तस्बिरहरू)
Read the full story at Ratopati

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, लापुबँसीस्थित न्याउली झरना पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस झरनाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आएको छ । बूढीगण्डकी नदीको किनारमा तम्पु पहाड र धार्चे चिङ्गार पहाडको बीचमा अवस्थित न्याउली झरना करिब ५५ मिटर अग्लो छ ।
अग्ला पहाडको बिचबाट निरन्तर झरिरहने पानीको फोहोराले यस क्षेत्रको प्राकृतिक सुन्दरतालाई थप मनमोहक बनाएको छ । झरनाको फेदीमा बूढीगण्डकी नदीको बहाव र वरपरको हरियालीले यहाँ पुग्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ । मनासलु पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि न्याउली झरना आकर्षणको केन्द्र बन्दै गएको छ । पदयात्राका क्रममा होस् वा सवारीसाधनमा यात्रा गर्दा, झरनाको अवलोकन र तस्बिर खिच्न पर्यटक यहाँ रोकिने गरेका छन् ।
प्राकृतिक सौन्दर्यको अवलोकन गर्न, तस्बिर खिच्न र केही समय रमाउन युवायुवती तथा आन्तरिक पर्यटक समूह–समूहमा यहाँ पुग्ने गरेका छन् । झरनाको नजिक पुग्दा पानीको फोहोराले शरीर भिजाउने भएकाले पर्यटकले यहाँको प्राकृतिक वातावरणमा छुट्टै अनुभूति गर्न पाउँछन् । न्याउली झरनाको प्राकृतिक सौन्दर्यसँगै यस क्षेत्रको भौगोलिक बनावटले पनि पर्यटकलाई लोभ्याउने गरेको छ ।
More business
- कर्णालीको कप्तान परिवर्तन, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दैNepal Khabar
- साविक विजेता लुम्बिनी प्लेअफमा, कर्णालीलाई कठिनNepal Khabar
- कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्यNepal Khabar
- राशिफल २७ कात्तिक : कर्कटको प्रेममा मधुरता छाउने, वृश्चिकको रोकिएका काम सुचारु हुने, तपाईँको दिन कस्तो?Nepal Khabar
- प्लेअफ होडमा रोचक मोड : वार्नर बिना सुदूरविरुद्ध उत्रिँदै काठमाडौं, जोखिममा जनकपुरBizmandu
- ‘रामायण’ आठ दिनमै १ हजार करोड क्लबमा, ‘बाहुबली २’ र ‘जवान’को रेकर्ड तोड्योNagarik News