प्लेअफ होडमा रोचक मोड : वार्नर बिना सुदूरविरुद्ध उत्रिँदै काठमाडौं, जोखिममा जनकपुर
Read the full story at Bizmandu

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आजको पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने छन् भने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्नेछन्। पहिलो खेल साढे १२ र दोस्रो खेल ५ बजे सुरु हुनेछ। आजको खेलले एनपीएलको प्लेअफ पुग्ने दोस्रो टोलीको टुंगो लगाउने छ। पहिलो खेलमा काठमाडौं र सुदूरपश्चिमबीचको विजेता टोलीको प्लेअफमा स्थान पक्का हुनेछ।
सुदूरपश्चिमको भने लिग चरणमा यो अन्तिम खेल हुनेछ। आजको खेलमा पराजित भए पनि दुवैको प्लेअफको समीकरण भने जीवितै रहनेछ। काठमाडौंको अझै एक खेल बाँकी छ। उसको शीर्ष दुईमै रहेर क्वालिफायर पुग्ने बलियो सम्भावना छ। काठमाडौंको विकेट सेलिब्रेसन। फाइल फोटो डेभिड वार्नरको आगमनपछि आत्मविश्वासी बनेको काठमाडौं पहिलो खेलमा पराजय पछि लगातार चार खेलमा अपराजित छ।
तर, वार्नर अब फर्किइसकेका छन्। मैदानमा निक्कै सक्रिय भएर रणनीति बनाउने वार्नरको अनुभवले निकै सहज भएको काठमाडौंका कप्तान करण केसीले बताउँदै आएका थिए। यसको ड्यामेज काठमाडौंलाई ठूलो हुन सक्छ। काठमाडौंसँग करण केसी, राशिद खानजस्ता नेपाली खेलाडीसँग साम हेजलेट, विल बोसिस्टोजस्ता विदेशी खेलाडी हुनेछन्। अर्कोतर्फ सुदूरपश्चिमको लिग चरणको अन्तिम खेल भएकाले यहि खेल जितेर प्लेअफमा स्थान सुरक्षित गर्ने ध्येय उसको हुनेछ।
More business
- कालीमाटीमा बढ्यो छठ लक्षित व्यापार, तस्बिरमा हेर्नुहोस्Ratopati
- तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियोNagarik News
- Markets fall in early trade after three-day rally; Sensex tumbles 460 pointsThe Hindu
- नक्कली भिडियो कलमार्फत उत्तर कोरियाली ह्याकरले लुटे ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सीRatopati
- Rupee rises 7 paise to 94.05 against U.S. dollar in early tradeThe Hindu
- ‘रामायण’ आठ दिनमै १ हजार करोड क्लबमा, ‘बाहुबली २’ र ‘जवान’को रेकर्ड तोड्योNagarik News