Skip to main content
समाजOnlinekhabar (Nepali)

हराउँदै रानाथारुका परम्परागत घर

Read the full story at Onlinekhabar (Nepali)

हराउँदै रानाथारुका परम्परागत घर

२५ कात्तिक, कञ्चनपुर । रानाथारु समुदायको मौलिक पहिचान झल्काउने परम्परागत घर पछिल्लो समय विस्थापित हुँदै गएका छन् । माटो, खर र काठ प्रयोग गरेर बनाइने यस्ता घर कुनै समय रानाथारु समुदायको जीवनशैली, संस्कृति र रहनसहनका परिचायक थिए । तर अहिले गाउँबस्तीमा यस्ता घर विरलै देख्न पाइन्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार रानाका अनुसार रानाथारु समुदायमा अहिले परम्परागत घरको सट्टा पक्की घर निर्माण गर्ने क्रम बढेको छ ।

परम्परागत घर बनाउन ठूला सालका खम्बा आवश्यक पर्ने तर पहिलेझैँ जंगलबाट काठ ल्याउन नपाइने भएकाले यस्ता घर बन्न छाडेका हुन् । ‘घर निर्माणका लागि ठूला–ठूला सालका खम्बा आवश्यक हुन्छन् । पहिले जस्तो जंगलबाट काठ ल्याउन पाइँदैन । यसकारण परम्परागत घर निर्माण हुन छोडेका हुन्,’ रानाले भने । परम्परागत घर निर्माणमा स्थानीय स्रोतसाधन र परम्परागत सीपको प्रयोग हुन्थ्यो ।

घरका भित्ता, छाना, आँगन र कोठाको बनावटसमेत रानाथारु समुदायको मौलिक विशेषतासँग जोडिएका हुन्छन् । तर यस्ता घरको मर्मतसम्भार पनि सहज छैन । घर निर्माणमा प्रयोग गरिएका काठमा १०–१५ वर्षपछि कीरा लाग्ने र कुहिन सुरु हुने भएकाले फेर्नुपर्ने हुन्छ । काठ पाउन मुस्किल हुनु र केही वर्षमै फेरि काठ फेर्नुपर्ने झन्झटका कारण नयाँ पुस्ता आधुनिक घरतर्फ आकर्षित भएको राजकुमार बताउँछन् । ‘काठ पाउन मुस्किल छ ।